• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा ठोक्किएर १० जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं ।  भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको  मुरादाबादका एसएसपी प्रभाकर चौधरी बताएका छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुईरदुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा  गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर