सोमबार सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।
आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस