पाल्पामा थप २० जनामा कोरोना संक्रमण 

पाल्पा । पाल्पामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । माघको ११ देखि १७ गते सम्म गरिएको पिसिआर परीक्षणका क्रममा थप २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । थपिएका २० जनामध्ये १५ जना महिला तथा ५ जना पुरुष रहेको सूचना अधिकारी पन्थीले बताए । स्वास्थय कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा हालसम्म १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ८ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने, ३५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर