• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सुर्खेतमा आन्दोलन शान्तिपूर्ण

सर्खेत ।  नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेत विहानदेखि ठप्प रहेको छ ।

अत्यावाश्यक सावारी साधन बाहेक अरु सवारी साधनहरु विहान देखि चलेका छैनन् भने बजार क्षेत्रका सबै पसल उद्योग बन्द गरिएका छन् । विहानदेखि नेकपा प्रचण्ड – माधव समूहका जिल्ला स्तरका नेता कार्यक्रता आफ्नो आम हड्ताल सफल बनाउनको लागि सबैलाई सहयोग गरिदिनको लागि अपिल गर्दै बजार क्षेत्रमा बाक्लो रुपमा उपस्थीत भएर सबैलाई आह्वान गरिरहेका छन् ।

सुर्खेतमा नेकपाले आह्वान गरेको आम हडुताल शान्तिपूर्णरुपमा रहेको र अहिले सम्म कुनै पनि त्यस्तो अप्रिय घटना नघटेको नेकपा नेता महोन बडुवालले जानकारी दिए । अहिलेको आन्दोलन चाहेर भन्दा बाध्यताकारी अबस्थाबाट गर्नु परेका कारण जनताले पनि आफ्नो आन्दोलनको कार्यक्रमलाई समर्थन गरेको नेता बडुवालको भनाइ छ ।

‘हिजोबाट नै हामीले आन्दालनको कार्यक्रम बारे सबै नागरिकलाई जानकारी गराएका थियौ केहि मानिसले थाहा पाएर पनि अटेर गरेका कारण एक सय बढी सवारी साधनलाई हामीले नियन्त्रणमा लिएका छौ,’ नेता बडुवालले भने, ‘साँझ ६ बजे भन्दा पछि हामी उहाँहरु सम्बन्धित सवारी धनिलाई बुझाउने छौ,।’

आन्दोलनबाट नागरिकहरुलाई दुख हुन्छ भन्ने थाहा हुदा हुदै पनि केपी ओलीको असम्वैधानिक कदमका विरुद्ध र काम चलाउ सरकार भएको अबस्थामा पनि संविधान भन्दा माथि गएर सम्वैधानि नियुक्ति जसरी गरिएको छ त्यो रोक्नको लागि र केपी ओली नसच्चीने बेला सम्म यो आन्दोलन जारी राख्ने तयारी रहेको नेकपा प्रचण्ड – माधव समुहका जिल्ला सचिव कृष्ण जीसीले बताए ।

‘आम हड्तालको क्रममा केपी ओलीका केहि कार्यक्रताहरुले निहु खोज्ने क्रम बढेको छ त्यो हामीले सहज तरिकाले प्रतिकार गर्ने छौ,’ नेता जीसीले भने, ‘आम हड्तालको क्रममा नागरिकहरुमा कष्ट पर्न गएको प्रति क्षमा चाहन्छौ यो रहर हाइन बाध्यताकारी अबस्था हो यो जनताले पनि बुझ्ने छन् ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त पन्तका अनुसार कर्णालीको कुनै पनि ठाउँमा अहिले सम्म अप्रिय घटना नघटेको जानकारी दिए । उनका अनुसार बन्दा कर्ताले आफ्नो आग्रह मानिरहेको बताए । शान्तिपूर्ण रुपमा बन्दको कार्यक्रमलाई लिनको लागि प्रसाशनले आग्रह गरेको थियो त्यो उहाँहरुले मान्नु भएको छ उनले समचार दैनिक सँग भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर