• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

हाम्रो लडाई मुलुककाे समृद्धि स्थापित गर्नका लागि हो: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । ओली पक्षीय नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूहरुको अहिलेको लडाई मुलुकको समृद्धिका लागि भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले नारयणहिटी दरवारअगाडि आयोजना गरेको वृहत सभालाई संबोधन गर्दै पोखरेलले मुलुकको समृद्धि र दिगो विकास आफूहरुको मुख्य एजेण्डा भएको भन्दै यो कुनै पनि हालतमा पूरा गर्ने बताएका छन् ।

ताजा जनादेशमा जाने प्रधानमन्त्रीले फैसला गरेपछि आफूहरु त्यसको पक्षमा भएकाे बताउँदै केही अराजक र निर्वाचन नचाहने तत्वहरुले आफूहरुको अभियानलाई विफल बनाउने प्रयास गरिरहेको उनको दावी छ । उनले भने, ‘मुलुकमा अराजकता निम्त्याउन चाहने, आर्थिक विकासलाई कमजोर बनाउन चाहने केही तत्वहरु हाम्रा विरुद्धमा लागिरहेका छन् । प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन गराउन दिनु हुन्न भन्दै जनताको घरदैलोमा जान डराउनेहरुले निर्वाचन आयोगमै पुगेर निर्वाचन गराउनु हुन्न भनेर धम्की दिन थालेका छन् ।’

उनले भने, ‘हाम्रो लडाई आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजान नचाहनेहरुको विरुद्धमा हो । हाम्रो लडाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, अखण्डताको रक्षा गर्नका लागि हो ।’ मुलुकका विकास र शान्ति समृद्धिका लागि नेकपा सदैव अगाडि बढीरहने उनले बताए । लडाई कुनै पनि बेला कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर