दैनिक जीवनमा व्यवहारिक कलाको महत्व

मानिसको दैनिक जीवनमा प्रयोग हुने सामानलाई केही न केही कलाका आकृतिबाट सजाइएको हुन्छ । यस्ता सामानमा प्रयोग गरिएको कलालाई सामान्तया व्यवहारिक कला भनेर बुझिन्छ । हुनत मानिसको जीवनमा कलाको प्रयोग जानी नजानी प्रत्येक पलमा भइरहेको हुन्छ । 

विश्वमा उद्योगको विकास हुनुअघिसम्म व्यवहारिक कला भनेर छुट्टयाइएको थिएन । संसारमा जब उद्योगको विकास भयो तब यस कलाको सुरुवात पनि औपचारिक रुपमा हुन गयो । विशेषतः १७औँ तथा १८औँ शताब्दीमा ललितकलाको एउटा पक्षलाई उद्योगको विकाससँगै व्यवहारिक कलाका रुपमा चिनिन थालियो । 

हुनतः प्रायः हाम्रा सामाजिक जीवनमा लोककला तथा हस्तकलाका रुपमा विभिन्न सामग्री बनाउने प्रचलन परापूर्वकलादेखि चलिआएको हो । यस्ता सामग्री पनि व्यवहारिक जीवनमै उपयोगमा आउँथे । त्यस्तै, घर सजाउने काम पनि मानिसले पहिलेदेखि नै गर्दै आएका थिए ।

लेखक

उद्योगको विकाससँगै बजारमा उत्पादनको उपस्थिति जनाउन विभिन्न सामग्री बनाउन थालियो । आममानिसमा उत्पादन भएका सामान पुर्याउन विज्ञापनको माध्यमलाई सहाराका रुपमा लिन थालियो । जब संसारमा रेडियो, टिभी, पत्रपत्रिका तथा अन्य सञ्चारका विभिन्न माध्यमको विकास भयो तब यी माध्यम उत्पादित सामानको प्रचार गर्ने सशक्त माध्यम बन्न पुगे । पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यापारिक सामग्रीको प्रचार प्रसारमा उत्पादक कम्पनी लागिरहेका छन् ।
 
मानिसको दैनिक जीवनमा प्रयोग हुने सामान जस्तो कपडा, भाडावर्तन, गाडी, साबुनदेखि यस्तै विभिन्न सामानलाई आकर्षक देखाउन कलाको प्रयोग गरिन्छ । चाहे साबुनको खोल होस् या औषधिको । यी र यस्तै यावत सामानमा प्रयोग गरिने कलाले मानिसलाई ती उत्पादित सामानप्रति रुचि जगाउने भएकाले यसको महत्व झनै बढेर गएको छ । 

विशेषगरी व्यवहारिक कला फेसन डिजाइन, औद्योगिक डिजाइन, ज्वेलरी डिजाइन, ग्राफिक डिजाइन, फर्निचर डिजाइन, इन्टेरियर डिजाइन लगायतका डिजाइनका विविध पक्षसँग जोडिएको हुन्छ । वास्तवमा दृश्य भाषाले मानिसलाई निकै छिटो प्रभाव पार्ने भएकाले उत्पादनका सामानमा प्रयोग गरिने कलाको महत्व बढेर गएको हो । जस्तो भोल्कस्वागन बिंटलदेखि नवीनतम आइफोक, चेयर अ्याट योयर डेक्सदेखि न्यु अल्फा रोमियो औद्योगिक डिजाइन विश्वमा चलेको छ । यसले राम्रो मानवीय जीवनलाई सजिलो बनाउन ठूलो भूमिका खेलेको छ । यी र यस्तै सामान र उत्पादनले मानीय जीवनलाई निकै सहज र सरल बनाउन सहयोग गरेको छ । 

दृश्य भाषामार्फत आममानिससम्म उत्पादित सामग्रीलाई पुर्याउने माध्यमका रुपमा कलाको प्रयोगलाई उत्पादक कम्पनीले व्यापक रुपमा प्रयोग गर्दै आएका छन् । यसका लागि सञ्चारका विभिन्न माध्यमलाई उपयोग गरिएको पाइन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर