• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

जान्नुहोस्, तपाईको बारेमा के भन्छ तपाईको यौन कल्पना ?

काठमाडौं । यौन एक यस्तो विषय हो, जुन आज पनि हाम्रो समाजमा वर्जित मानिन्छ र यसबारे मानिसहरु त्यति खुलेर कुरा गर्न चाहादैनन् । यस्तो अवस्थामा यदि तपाईको मनमा पनि कुनै यस्तै ‘सेक्सुअल फेन्टासी’ अर्थात्, यौन कल्पना छ, जसलाई लिएर समाजको नियमको हिसाबले सामान्य छैन भने, त्यसलाई लिएर धेरैजासो मानिस अप्ठ्यारो महशुस गर्छन्, जुन गलत हो । यौन कल्पना पनि मानिसको कल्पनाको एक पाटो हो भनेर बुझन् तपाईले आवश्यक छ । जान्नुहोस्, त्यस्ता ५ आम सेक्सुअल फेन्टासी र त्यसको अर्थ बारेमा । 

१. अपरिचति व्यक्तिसँग यौन कल्पना – यदि तपाई लामो समयदेखि एकै सम्बन्धमा हुनुहुन्छ भने यौनको पनि तालिका बनेको हुनसक्छ, यस्तो अवस्थामा केही मानिस अपरिचित व्यक्तिसँग सम्भोग गरेको कल्पना गर्न सक्छन् । यसको अर्थ हुन्छ, तपाईको यौन जीवनमा थ्रिल र रोमान्सको कमी छ । कुनै अनजान व्यक्तिसँग यौन इच्छा यस कारण लाग्छ, किनकि त्यो एक अपरिचति हो र उसले तपाईलाई मूल्यांकन गरेको हुँदैन, जे चाहानुहुन्छ नयाँ गर्न सक्नुहुन्छ र त्यो पनि खुलेर । 

२. आज्ञाकारी पार्टनर बनिरहने कल्पना – धेरैजसोलाई सम्भोगका दौरान एक आज्ञाकारी पार्टनरको भूमिका निभाइरहेको छु र आफूलाई जे भनिएको छ त्यही चुपचाप गरिरहेको छु भन्ने लाग्छ । यसको अर्थ, तपाई आफ्नो कार्यस्थलमा मान्छेहरुलाई निर्देशन दिएर यति थाक्नुभएको हुन्छm तपाई चाहानुहुन्छ, बेडमा कोही यस्तो व्यक्ति होस्, जसको हातबाट सबै काम नियन्त्रणमा होस् र तपाई चुपचाप त्यसलाई पछ्याउनुहुन्छ । 

३. सार्वजनिक स्थालमा सेक्स गर्ने कल्पना – के तपाईले कहिल्यै हवाइजहाजको बाथरुममा सेक्स गर्ने वा फिल्म हलमा मास्टरवेसन गर्ने इच्छा लाग्यो वा यस्तै परिकल्पना गर्नुभयो ? यस्ता कल्पनाको अर्थ हुन्छ, तपाईमा ऐडनलिन (एक प्रकारको हर्मोन) रसको कमी छ र तपाईमा आत्मविश्वासको कमी भएको दर्शाउँछ । कहिलेकाही पारिवारिक समस्याका कारण पनि तपाईको मनमा यस प्रकारको कल्पना आउँछन् । 

४. एक्ससँग सेक्स – के तपाई सेक्सका दौरान आफ्नो पार्टनर बाहेक अरु कसैलाई पनि कल्पना गर्नुहुन्छ ? पूर्वप्रेमी वा प्रेमिका वा कुनै सेलिब्रेटीसँग सेक्सको बारेमा सोच्नु एक आम फेन्टासी हो । यस फेन्टासीको अर्थ तपाई आफ्नो पार्टनरलाई धोका दिने बारेमा सोच्दैहुनुहुन्छ भन्ने पक्कै होइन । यसको अर्थ हुन्छ, तपाई आफ्नो यौन जीवनलाई अझ रोमाञ्चक बनाउन चाहानुहुन्छ । 

५. थ्रि–समको बारेमा सोच्नु – यदि तपाईको यौन कल्पनामा बेडमा तपाई र तपाईको पार्टनर बाहेक अर्को तस्रो व्यक्तिलाई पनि कल्पना गर्नुहुन्छ भने यसको अर्थ हुन्छ, तपाई आफ्नो पार्टनरबाट अझ बढी ध्यान र आत्मीयता चाहानुहुन्छ । तपाई चाहानुहुन्छ, तपाईको महत्व यति बढोस् मानिस एक–अर्कासँग लडुन् । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर