• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बिना छत र भित्ताको होटल, चार्ज सुनेर छक्क पर्नुहुन्छ

एजेन्सी । तपाईले एकभन्दा एक शानदार होटल देख्नुभएको होला, जसमा रंगिला भित्ता, झ्याल, ढोका, पर्दा इत्यदिले सजिएको । 

तर, एक यस्तो होटलका बारेमा सुन्न पनि भएको छैन होला, जहाँ न कुनै छानो छ, न भित्ता  न त रिसेप्शन वा बाथरुम नै छ । राखिएको छ त खुल्ला आकाशमुनि खाली एक बिछ्यौना, केही टेबल र बत्ती । सुन्दा जति अचम्म लाग्दो छ, यस होटलको ‘चार्ज’ त्योभन्दा महंगो छ ।

सुन्दा अचम्म लाग्न सक्छ, स्विट्जरल्याण्डमा एक यस्तै विशेषताको होटल छ, जसको नाम ‘नल स्टम’ दिइएको छ । सुन्दर देशको मनमोहक स्थानमा खुल्ला आकाशमुनि शानदार सुत्ने विच्छ्यौना सजाइएको छ । तपाई तस्विरमा देख्न सक्नुहुन्छ । 

चरैतिर पहाडले घेरिएको छ, छानोको रुपमा खुल्ला आकाश र भित्ताको रुपमा हरियाली छ, जसलाई होटल भनिएको छ । 

यदी तपाई पनि यस होटलमा रात बिताउने सोच्नुहुन्छ भने तपाईले एक रातको २ सय ५० स्विस फ्रेन्क अर्थात् लगभग ८२ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । 
स्विट्जरल्याण्डका दुई आर्किटेक्ट फ्रेन्क र रिकलिनले यस होटललाई बनाएका हुन् । होटल विस्तारै चर्चित हुँदै गएपछि पर्यटकका लागि खुल्ला गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर