• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

साउदी : पप गायकलाई अंगालो मारेकोमा महिला गिरफ्तार (भिडियो)

एजेन्सी । साउदी अरबमा महिलामाथि लगाइने कडा प्रतिबन्धको एक नयाँ घटना अगाडि आएको छ । एक पुरुष पप स्टारलाई अंगालो मारेको आरोपमा एक महिलालाई गिरफ्तार गरिएको छ ।

ती महिलालाई दुई वर्षको जेल सजाय र करिब २७ हजार डलरसम्मको जरिवाना सजाय सुनाउन सक्ने बताइएको छ । साउदीका स्थानीय सञ्चारमाध्यम अनुसार, हालसम्म परिचय नखुलाइएको ती महिलाले अबाया(एक प्रकारको बुर्का) लगाएकी थिइन् र अनुहार पनि छोपेकी थिइन् ।

ती महिला इराकी पप गायक माजिद अल–महुंदीसको कन्सर्टका दौरान अचानक स्टेजमा पुगिन् र उसलाई अंगालो हालिन् । माजिद खाली देशका रोजाइमा पर्ने गायक हुन् । प्रहरीका अनुसार, महिलालाई ‘एन्टी ह्यारेसमेन्ट रेग्युलेटरी एक्ट’के उल्लघनका लागि शुक्रबार गिरफ्तार गरिएको थियो । 

खबरअनुसार, ती महिला माजिदको कन्सर्टमा आफ्ना साथीहरुसँग गएकी थिइन् । माजिदको प्रस्तुतीका दौरान उनका साथीहरुले गायकलाई अंगालो मार्ने चुनौती दिएको बताइएको छ ।

यस्तै, सामाजिक सञ्जालमा एक भिडियो निक्कै सेयर भइरहेको छ, जसमा एक महिला पप स्टारको नजिक जान स्टेजतर्फ दौडिरहेकी छिन् । यद्यपी, महिलालाई तुरुन्तै सुरक्षाकर्मीले त्यहाँबाट फिर्ता ल्याएको देखिन्छ । 

यसै बर्षको मेमा साउदी अरबले नयाँ दुव्र्यवहार कानुनलाई स्विकृति दिएको थियो । यस कानुन बनाउने मुख्य उद्देशय गाडी चलाउने महिललाई सुरक्षा दिनु थियो । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर