• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

मेरी श्रीमतीे कहिल्यै मेरो ‘जिहाद’ नामले बोलाउँदिनन् 

‘जिहाद' नाम हुनुकाे भाेगाइ

एजेन्सी । कल्पना गर्नुहोस् त तपाई युरोप वा अमेरिकाको कुनै व्यस्त विमानस्थलमा हुनुहन्छ । कामबाट छोटो अवधिको बिदाका लागि आफ्नी श्रीमतीसँग भेट्दै हुनुहुन्छ । (उदाहरणका लागि श्रीमतीको नाम लैला) । 

उनी केही समय ढिला गर्छिन् र तपाई उनलाई पर्खर्दै एक नजिकैको कफी पसलमा बस्नुहुन्छ । केही क्षणमै तपाई सोचमग्न बन्नुहुन्छ, जसले गर्दा तपाईकी प्यारीले हात हल्लाएरको देख्नुहुन्न । उनीले तपाईको ध्यान कसरी तान्लिन् ? के तपाईको नाम बोलाउँदा उत्तम होला ? यदि उनले यसो गरिन् भने वरपरका मानिस त्रसित बन्नेछन् । सुरक्षाकर्मीले घेर्नेछन् । श्रीमतीलाई एक कठोर कोठाको कुनामा लागेर घण्टौँसम्म सोधपुछ गर्न पनि सकिन्छ । 

तपाईकी श्रीमती मुस्लिम धर्म मान्छिन् र तपाईको नाम ‘जिहाद’ हो, के हुन्छ  ?

जिन्दगी कस्तो होला, जब तपाईको माया गर्ने बुवा–आमाले तपाईलाई यस्तो नामसँग जोड्नुहुन्छ, जुन नाम पश्चिमी संसारमा झट्का दिने, अशिष्टता वा बेढंगको चुट्किलाको रुपमा लिइन्छ । 
बिबिसीले ‘जिहाद’ नाम गरेका तीन व्यक्तिसँग आफ्नो अनुभव सोध्यो, जसमा सिकागोका एक चिकित्सक, एक चर्चित सिरियाली अभिनेता र लण्डनमा भविष्य खोजिरहेका प्यालेस्टाइन क्षेत्रका एक युवा इन्जिनियर छन् ।  

अरबी भाषा बोलिने देशमा ‘जिहाद’ (कतै जेहाद पनि उच्चारण गरिन्छ) भनेको बच्चालाई बोलाइने एक सामान्य शब्द हो, जसको अर्थ ‘एक महान् कारणका लागि एक संघर्ष’ भन्ने हुन्छ । तर, सन् २००१, सेप्टेम्बर ११ पछि यस शब्दलाई आतंकवादी हमलासँग जोडियो । ‘जिहाद’ शब्दको अर्थ र यसको प्रयोग एक सामूहिक हत्यासँग जोडिएको कुनै चीजको रुपमा मानिसको दिमागमा बस्यो । 

सिरियाली प्रख्यात अभिनेतामध्ये एक जिहाद अब्दोका लागि यो नाम करोडौँ फ्यानले फ्लो गरेका थिए । त्यस घटनाप्रति उनलाई सिरियाली अधिकारीहरुले पछ्याउन थाले ।  

अब्दोलाई राष्ट्रपति असदको समर्थनमा टेलिभिजनमा अन्तर्वार्ता दिन आदेश दिइएको थियो । तर, उनले अस्विकार गरे र देश छोडे । अमेरिका उनका लागि शरणस्थल बन्यो तर उनको नाम बाधक सावित बन्यो । 

‘म सन् २००१, अक्टोबरमा अमेरिका भागे’, अब्दोले पेरिसबाट भने, ‘मैले आफूलाई मानिसमाँझ चिनाउन सकिरहेको थिइन् । विशेषगरी मध्यपश्चिममा, जब मेरो नाम ‘जिहाद’ भन्ने सुने उनीहरुको मस्तिष्कमा सबैभन्दा पहिले एक आत्मघाती आक्रमणकारीको तस्बिर र जिहादीहरु भनेको अफगानिस्तान वा इरानका आर्मीका आक्रमणकारी हुन् भन्ने आएको थियो ।’ 
अब्दो, जसको सिरियामा सबैभन्दा लोकप्रिय टिभी सोमा ५० लाख बढी दर्शक थिए, तर लसएञ्जल्समा उनले ब्रेक पाएनन् । उनले एक सय बढी अडिसनबाट असफलता व्योहोेरे र पिज्जा पुर्याउने काम गरे । 

उनले यदि आफ्नो करियर बचाउनु छ भने आफ्नो नाम गुमाउनुपर्छ भन्ने महशुस गरे । उनले भने, ‘४ सय वर्षअघि सेक्सपियरले भनेका थिए, ‘के हुन्छ नाममा ?  यसलाई परिवर्तन गर्नुस्, म मेरो नामलाई माया गर्छु तर म बाँच्न पनि चाहन्छु ।’

‘म आफूलाई एक उद्धार मानसिकताको पुरुष सम्झन्छु र मेरी पत्नीलाई पनि । इमान्दारीका साथ भन्नुपर्दा हामी यो, त्यो नाम भन्नेप्रति खासै ध्यान दिदैनौँ । हामी यो संसारमा हाम्रो उद्देश्य, हाम्रो नैतिकता र हाम्रो सफलताका बारेमा सोच्छौँ ।’ उनी अमेरिकामा ‘जय’ नामबाट स्थापित भए, जसको अर्थ सरल र निर्दोष हुन्छ  । 

त्यसपछि सबै कुरा यति चाँडै परिवर्तन भयो, किनकि उनीहरुका लागि ‘जय’ एक सुन्दर पुरुष हो, जोसँग उनीहरु सजिलो महशुस गर्छन् । यस नामले कुनैप्रकारको संवेदनशीलता उत्पन्न गराउँदैन । तर, उसका परिवारका लागि यो हास्यास्पद भएको जिहादले बताए ।

तर, उनीहरु यसलाई बुझछन्, किनकि ओसामा नामक व्यक्तिसँग यस्तै भएको थियो, त्यस्तै रसियामा कोबा नामका व्यक्ति र जर्मनीमा पनि एडल्फ नामक व्यक्तिसँग पनि यस्तै समस्या भएको थियो । ‘मेरो मन र मस्तिष्क नै फरक छ भने म मेरा नामका कारण कुनै पनि प्रकारको समस्या चाहन्न’, जिहादले भने ।

५५ वर्षीया जिहाद अझै पनि सिरिया र मध्यपूर्वी देशमा आफ्नो वास्तविक नाम प्रयोग गर्छन् । तर, केही अमेरिकी साथीहरुले उनलाई यस नाम बोलाउन अस्विकार गर्छन् । 

एक बालबालिका चिकित्सकको रुपमा सम्पूर्ण जीवन सिकागोमा बिताएका ४९ वर्षीया जिहाद सोशाराकी आमा म्याक्सिकन–अमेरिकी हुन् र बुबा दमासकस सिरियाका हुन् । उनी सानो छँदा उनको नामलाई ‘अजिबगरिब’ भनेर गिज्यान्थ्यो । 

‘सिरिया र लेवनान वा लेभेन्टमा ‘जिहाद’ नाम कुनै ‘ज्याकोव’ वा यस्तै कुनै नाम जसरी तपाईले चार वा पाँच व्यक्तिको मुखबाट सुन्न सक्नुहुन्न । तर, यो असामान्य पनि होइन ।’ उनले भने, ‘मैले जिहाद नामकी महिलालाई भेटेको छु र उनी मुस्लिम होइन, त्यसैले क्रिस्चियन धर्ममा पनि ‘जिहाद’ नाम हुन्छ ।’
उनी १२, १३ वर्षको उमेरमा सिरियाली अभिनेता जिहादकै उपाय अपनाए । ‘म स्कुलदेखि कलेजसम्म ‘जय’ बनेर गए’, उनी भन्छन्, ‘म आफ्नो वास्तविक नाम लुकाउँदिन थिए, तर जय हुनु अन्य विभिन्न चुनौती र समस्या झेल्नुभन्दा सजिलो थियो ।’

उनले फेरि किन ‘जहाद’ नाम प्रयोग गरे भन्नेबारे गहिरिएर सम्झन्छन् । ‘जब मैले विश्वविद्यालयबाट ग्राजुएट गरे, बीचको केही खाली समयमा एक ग्रामीण क्षेत्रमा शिविर परामर्शदाताको रुपमा काम गरे । त्यहाँ म आफूलाई जिहाद नामबाट चिनाए, तर मलाई ‘जय’ भन्न सकिने पनि बताए । उनीहरु भन्थे, ‘जिहाद नि ठिक छ त ।’ उनले भने, ‘त्यसपछि मैले सोचे यदि ८ वर्षीय बालकले मलाई वास्तविक नामबाट बोलउन चाहन्छ भने मैले पनि सक्नुपर्छ ।’ 

दुवै जिहादको तर्क फरक भए पनि उनीहरु आफ्नो नाम कुनै बच्चालाई नदिनेमा सहमत छन् । 

जिहाद अब्दो आफूलाई धार्मिक मान्दैनन्, जहाँ जिहाद शोशारा आफूलाई आज्ञाकारी मुसलमान बनाउन प्रयत्न गर्छन् । तर, उनीसँग त्यति समय नै मिल्दैन । उनी चिकित्सकको रुपमा काम र सिरियाली–अमेरिकी चिकित्सा समाजसँग (जसले जोर्डनको सिरियाली शरणर्थीलाई उपचारका लागि राहत मिसनमा काम गर्छ) मानवीय कार्य गर्नमा व्यस्त हुन्छन् । 
‘म आज्ञाकारी बन्न प्रयास गर्छु, त्यसैले म आफूलाई मुस्लिमको रुपमा चिनाउँछु । के मैले मेरा सबै प्रार्थनाहरुलाई गुमाए ?’ उनी हाँस्छन् ।

अर्का युवा जिहाद–३२ वर्षीय जेहाद फाद्दाका अनुसार, मानिसका धारणाका कारण उनको नामले उनको धर्मसँगको सम्बन्धलाई जटिल बनाएको छ । उनी भन्छन्, ‘म त्यस्तो धार्मिक मान्छे होइन र मेरा लागि ‘म वस्तुहरुबीच आफूलाई कहाँ राख्न चाहन्छु ? भन्ने प्रश्नको उत्तर दिन आवश्यक छ ।’

‘मलाई थाहा छ, धर्म मेरो जीवनको एक पाटो हो, तर यसलाई कहाँ राख्ने भन्नेबारे सोच्ने क्रममै छु ।’ उनी भन्छन्, ‘अन्य व्यक्तिको अघि मेरो व्यक्तिगत रोजाइको कुनै महत्व नभएको महशुस हुन्छ । तिमी मुस्लिम भएको पिउँदैनौं, भनिन्छ । हो म पिउँदिन्, तर नपिउनु मुस्लिम हुनुपर्छ भन्ने छैन । अरु कुनै कारण हुनसक्छ ।’

सात वर्षअघि जेहाद नेब्लसबाट टेलिकम इन्जिनियरिङको अध्ययनका लागि युके आएका थिए । उनी आफ्नो हजुरबुबाको नामप्रति गर्व गर्छन, किनकि हजुरबुवाको नाम उनलाई राखिएको छ त्यसैले उनको नामको भावनात्मक मूल्य छ ।

लण्डनमा बस्ने युवाले जस्तै जेहादले पनि दाह्रीलाई सिंगारेका छन्, सहरियाले जस्तै फेसन मनपराउँछन् । तर, उनका परिवार यसको समर्थनमा छैनन् । उनी भन्छन्, ‘यदि तपाई मुस्लिम हो र तपाई मेरो दाह्री हेर्नुहुन्छ भने थाहा हुन्छ यो मुस्लिम दाह्री होइन । किनकि, मुस्लिम दाह्रीमा जुंगा पाल्ने अनुमति हुँदैन । यसलाई हेर्दा तपाई अर्कै देख्नुहुन्छ ।’

मुसलमान यात्रुका लागि विमानस्थल तनावग्रस्त बन्न सक्छ । तर जेहाद आफूलाई भाग्यमानीमध्ये एक मान्छन् । ‘त्यस्तो कुनै नाटकीय घटना भएका छैनन्’, उनी भन्छन् । उनी विमानस्थल टर्मिनलमा अरबी बोल्नबाट बच्छन् र उनकी श्रीमती पनि कपाल ढाक्दिनन्, जसले उनीहरुलाई सजिलो बनाइदिन्छ । 

‘रोचक कुरा के छ भने, यदि मेरी पत्नी कतै छुटिन् भने, उनी कहिल्यै मेरो नाम ठूलो स्वर पुकार्दिनन् । यो सबै ठाउँमा लागू हुन्छ ।’ मुस्कुराउँदै जिहादले भने, ‘यस्तो अवस्थामा उनी मेरो उपनाम प्रयोग गर्छिन् । ‘झु–झु’ ! मलाई लाग्दैन यो नाम कतै लेखेका छौ ।’ उनी हाँस्छन्, ‘म ६ फुट अग्लो दाह्री पालेको पुरुष र कोहीले मलाई ‘झु–झु’ भनेर बोलाउँछ ।’ 

–बीबीसीबाट 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर