• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

डा.केसीलाई भेटेपछि देउवाले भने तपाईका पछाडी हामी लाखौं छौं

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै १५ औं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल महाराजगंज पुगेका छन् । 

सरकार विरुद्धको आन्दोलनका विभिन्न मुद्धामध्य डा. केसीको आन्दोलनमा समेत ऐकेबद्धता जनाएको कांग्रेसका सभापति देउवा उनलाई भेट्न अस्पताल पुगेका हुन् । भेटपछि सभापति देउवाले आन्दोलनप्रति ऐकेबद्धता जनाउदै डा. केसीका पछि लाखौं नागरिक लामबद्ध भएको प्रतिक्रिया दिएका छन् । 

सामाजिक संजाल ट्विटरमा समेत छोटो भिडियो क्लिप्स राखेर देउवाले भनेका छन्, ‘लोकतन्त्रमा एक जना नागरिक पनि निक्कै बलियो हुन्छ । तर डा केसीको पछाडी हामी लाखौं छौं । म सरकारलाई तत्काल उहाँसँग बार्ता गरेर माग पूरा गरि जीवन बचाउन माग गर्दछु ।’

डा केसीको आन्दोलनबारे ऐकेबद्धता जनाएपनि विवेकशिल साझा पार्टी लगायका कतिपयले भने कांग्रेसको समेत आलोचना गरेका छन् । डा.केसीले विगतमा आन्दोलन गर्दा ६ पटक कांग्रेसकै नेतृत्वको सरकार भएपनि उनका मागको उचित सम्बोधन नगरेको तर अहिले आन्दोलनको एजेण्डा बनाएको उनिहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर