• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिका : बोतल घुसारेर ‘लेडिज ट्वाइलेट’ ब्लक गर्ने पक्राउ 

तपाईले धेरै खालका सनकका बारेमा सुन्नुभएको होला । केही समयअघि अमेरिकामा प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गर्यो । उसलाई कुनै चोरी वा अन्य अपराधका कारण नभएर उसको अनौठो हरकतका कारण गिरफ्तार गरिएको हो । 

 

३३ वर्षीय ती व्यक्ति नरम पेय पदार्थका खाली बोतल ट्वाइलेटमा घुसारेर ब्लक गर्ने गर्थ्यो । उसले यस्तो काम एक वा दुई पटक होइन, दुई वर्षदेखि गर्दै आएको थियो ।

 

प्रहरीका अनुसार, यी व्यक्तिले मिसागन कम्युनिटी सेन्टरको महिला शौचालयलाई करिब ३०भन्दा बढी पटक खराब गराएका थिए । ती ट्वाइलेटलाई बनाउन अहिलेसम्म करिब तीन हजार डलर खर्च गरिसकिएको छ । 

 

धेरै पटक उनले खाली बोतल यति धेरै घुसार्थे कि निकाल्नै गाह्रो परथ्यो । धेरै वटा बोतल घुसारिएका कारण ट्वाइलेट यति खराब बन्थ्यो कि त्यसलाई मर्मत नगरेर अन्तै ठाउँमा सार्नु पर्ने हुन्थ्यो । 

 

ट्वाइलेट ब्लक गर्ने यी व्यक्तिलाई पक्राउनका लागि प्रहरीले सार्वजनिक स्थानका ट्वाइलेटमा सूचना नै राख्नु पर्यो । यस व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले फेसबुकमा यसबार जानकारी दियो । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर