• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

देवकोटालाई श्रद्धाञ्जली दिन शुभेच्छुकको भीड (फोटोफिचर)

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

 डा देवकोटालाई श्रद्धाञ्जलि दिन न्युरो अस्पतालमा सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । देबकोटाको पार्थिब शरीरलाई दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पताल प्राङ्गणमा राखिने छ ।  

त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

देवकोटा निवास हेपाली हाइटमा पत्नी डा मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने अस्पताल प्रशासनले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि उनको निको नभएपछि बैशाख पहिलो साता नेपाल ल्याइएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर