• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यी तीन गम्भिर स्वास्थ्य समस्याका लागि अनारको बोक्रा लाभदायी

काठमाडौं । अनारको दानाको जति फाइदा छन्, त्यति नै गुणकारी हुन्छ यसको बोक्रा । अनारको बोक्रालाई सुकाएर त्यसको पाउडर बनाउँनुहोस् र सिसाको बट्टामा राख्नुहोस् वा त्यसलाई पिसेर रस बनाएर राख्नुहोस् ।

मुटु रोगबाट बचाउँछ – अनारको बोक्रामा धेरै एन्टिओक्सिडेन्ट हुन्छ, जसले मुटुको रोगबाट बचाउँछ । साथै यसले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । १ चम्चा अनारको बोक्राको दुई चम्चा पाउडरलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँनुहोस् ।

बलियो हड्डिका लागि – कमजोर हड्डीका लागि अनारको दाना निक्कै लाभदायी हुन्छ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन्, जसले हड्डीलाई बलियो बनाउँछ । एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि पिउनुहोस् ।

घाँटी दुख्दा – यदि घाँटीमा टन्सिल वा कुनै दुखाई भएमा अनारको बोक्राको धुलो पानीमा उमालेर लिनुहोस् । अथवा, बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् । दिनमा केही पटक यो काम गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर