• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

शिक्षामा राज्यको लगानी न्युन 

कास्की । राज्यको कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा सरोकारीले चिन्ता व्यक्त गरेका छन् । 
क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा सोमबार आयोजित शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार क्षेत्रसँगको सहकार्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका वक्ताले शिक्षा राज्यको प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।  
क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले प्रत्येक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख गरे पनि त्यो व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकेको बताए । संघीय संरचनाअनुसार शैक्षिक क्षेत्र स्थानीय तहको मातहतमा लैजाने भनिए पनि त्यसको राम्रो व्यवस्थापन भइनसक्दा अझै पनि समस्या रहेको उनको भनाई छ । 
निर्देशनालयका उपनिर्देशक तिलक सिलवालले संघीय संरचना अन्तर्गतको शैक्षिक व्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारी, वरिष्ठ प्रशिक्षक, राष्ट्रिय परीक्षा बोर्ड प्रमुखसँग अन्तर्क्रिया गरी आवश्यक सुझाव मन्त्रालयमा पेश गरिएको जानकारी दिए । उपनिर्देशक युवराज बगााले, गुरुप्रसाद पौडेललगायतले शिक्षा क्षेत्रमा कर्मचारी व्यवस्थापनमा संरचनागत र क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालय व्यवस्थापनमा असहजता, सबै जिल्लामा अभिलेख संस्थागत हुन नसक्नुजस्ता समस्या विषयमा आ–आफ्ना धारणा राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर