• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

श्रीमतीले विश्वकप हेर्न नदिएपछि साथीहरुले उपाय निकालेर देखाए खेल

मित्रता एक सुन्दर सम्बन्ध हो । एक साथी अर्को साथीका लागि ज्यान दिन तयार हुन्छ । हामीले सामान्यताय देख्ने गरेको, विहे गरेपछि साथीभाईका लागि समय कम हुन जान्छ । 

कम नहोस् पनि कसरी, श्रीमतीलाई जीलाई समय नदिए रिसाई हाल्लिन् । प्रायजसो श्रीमतीहरु आफ्ना श्रीमन् उसका साथीभाईसँग समय बिताओस्, मस्ती गरोस् भन्ने चाहदैनन् । तर, जहाँ समस्या त्यहा उपाय त भै हाल्छ । 

रुसमा चलिरहेको विश्वकपका दौरान चार जना साथीले यस्तै केही गरे जसका कारण सामाजिक सञ्जालमा छाएका छन् । म्याक्सिकोका पाँच जना साथी छन्, जसलाई विश्वकप फुटबल हेर्न रुस जानु थियो । चार जना तयार भए तर एक जनाको भने श्रीमतीले उसलाई पठाउनबाट रोकिन् । 

ती चार साथीले एक साथीलाई साथै लान जुन उपाय अपनाए, त्यो देखेर सबै अचम्ममा परे । ती चार जना साथीले आफ्ना पाँचौ साथीको ‘कटआउट’(व्यक्तिको आकार) बनाए र त्यसैलाई साथ लिएर खेल हेर्न रुस गए । 

ती साथीको समूहले एक फेसबुक पेज बनाएर आफ्नो साथीको कटआउटसँगको खिचेको भिडियो र तस्विर पोस्ट गर्न थाले । अहिले उनीहरुको तस्विर र भिडियोहरु खुब भाइरल भइरहेका छन् । 

यी पाँच साथीले सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपको बेला नै रुसमा हुने विश्वकपमा पनि साथै जाने योजना बनाएका थिए । रुस जानका लागि उनीहरुले एक पुरानो बस पनि किनिसकेका थिए । 

तर, अन्तिम समयमा पाँचमध्ये एक साथीकी श्रीमती योजनामा भिलेन बनेर आइन् । त्यसपछि चार साथीले ती एक साथीको उपस्थिति नखड्कियोस् भनेर कटआउट लिएर रुस पुगे । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर