• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विदेश अध्ययनमा रहेकी छोरीका लागि बावुले गरे १२ गार्ड र एक महलको व्यवस्था

एजेन्सी । बेलायतमा एक भारतीय छात्रा सञ्चारमाध्यममा छाएकी छन् । यसको कारण कुनै शानदार शैक्षिक रेकर्ड वा कुन पद नभएर शाही सुख–सुविधा हो । 

‘द सन’मा प्रकाशित खबरअनुसार, एक भारतीय अरबपतिकी छोरी हिजोआज स्कटल्याण्डको सेन्ट एन्डुज विश्वविद्यालयमा अध्ययन गरिरहेकी छिन् । छोरीको पढाईका लागि उनका आमा–बुवाले भव्य महलका साथै १२ जना स्टाफको व्यवस्था गरेका छन् । यी स्टाफमा विशेषगरी बटलर, सेफ, दासी, हाउसकिपर, माली र सुरक्षागार्ड छन् । 

रिपोर्टअनुसार, ४ वर्षको अध्ययनका लागि महलका साथै काममा निपूर्ण विशेषज्ञ स्टाफको नियुक्तमा ध्यान दिइएको छ । परिवार निक्कै धनी भएकाले अनुभवी र कुशल कर्मचारीको नियुक्तीलाई ध्यान दिइएको छ । 

बटलरको काम विशेष रुपले मेन्यु हेर्नु, खाना कस्तो बनिरहेको छ भनी निगरानी गर्नु हो । त्यस्ते फुटमेनले खाना सर्भ गर्नु र परिवारको नोकरका लागि दिइएको विज्ञापनमा हँसिलो, ऊर्जाले भरिएको र आत्मविश्वासले भरिएको हुनुपर्ने लेखिएको छ । 

कुनै भारतीय विद्यार्थीको पढाईका लागि यति खर्चिलो रहन–सहर अहिलेसम्म्कै पहिलो उदाहरण हो । यति मात्रै होइन, व्यक्तिगत कर्मचारीका लागि पनि कामको सूचि जारी गरिएको छ, जसमा आवश्यकता परेमा ढोका खोल्ने, अर्को स्टाफसँग मिलेर सेड्युल बनाउनु, कपडा, जुत्ता राख्ने दराज व्यवस्थापन र व्यक्तिगत सपिङ छन् । 

रिपोर्टअनुसार, आवश्यकता अनुसार साध्ै ढोका खोल्नका लागि तयार रहने स्टाफको तलब मात्रै ३० हजार पाउन्ड प्रतिवर्ष छ । धनाढ्य परिवारबाट आएका कारण छोरीको पढाईमा कुनै पनि प्रकारको अभाव नखड्कियोस् भनेर परिवारले शाही खर्च गरेको अनुमान लगाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर