• बुधबार ६-३-२०७५/Wednesday 09-19-2018/ 06:45 pm

काठमाडौं उपत्यकासहित सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण हुने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रसहित विभिन्न जिल्लाका सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने भएको छ ।

 राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय भएको हो ।

बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक/ पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

कार्यकारी समितिले २ वा २ भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश १ को संविधान दिवश भब्य  

  • ३ असोज, २०७५

विराटनगर । संविधान दिवसका अवसरमा प्रदेश १ ले अस्थायी राजधानी विराटनगरमा आयोजना गरेको औपचारिक समारोह भब्यरुपमा सम्पन्न भएको छ । उत्साहपूर्णव

बेलैमा कानुन नबन्दा प्रदेशिक गतिविधि सुस्त, कुन प्रदेशले कति बनाए ?

  • ३ असोज, २०७५

काठमाडौं । संघीय संसदले समय तालिका भित्र मौलिक हक कार्यान्वयन सम्बन्धी आवश्यक कानुन निर्माण गरेपछि प्रदेश सरकारलाई पनि कानुन निर्माणको हतारो लागेको

सवा १० करोडमा फास्ट ट्र्याकको डिपीआर कोरियन कम्पनीले बनाउने

  • ३ असोज, २०७५

नारायण न्याैपाने/काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश दु्रतमार्ग ९फाष्ट ट्रयाक०को विस्तृत परियोजना प्रतिवेदन