• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

खड्ग जात्रा र सेताे घोडेजात्रा सम्पन्न

भक्तपुर । बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ । 

तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई जात्रा मनाइने गरिन्छ । बडादशैँको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ । 

सकियाे सेतो घोडेजात्रा 

साँस्कृतिक महोत्सवका रूपमा बडादशैँको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ । 

प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ ।

 जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर