• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

नयाँ विश्व रेकर्ड बनाउने गुलाबी हिरा, प्रति क्यारेट ३० करोड 

एजेन्सी । एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् ५ अर्ब ७७ करोड २६ लाख ४० हजार रुपैयाँमा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यको हिसाबले यसले एक नयाँ विश्व रेकर्ड बनाएको छ ।

‘पिंक लेगेसी’ नामको यो हिरा जम्मा १९ क्यारेटको छ । यसलाई अमेरिकाका ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामीमा खरिद गरेका छन् । 

क्रिस्टिज ओक्सन हाउसका युरोप प्रमुखका अनुसार, यस हिराको प्रति क्यारेटको मूल्य करिब ३० करोड रुपैयाँ छ, जुन एक विश्व रेकर्ड हो । यस हिराको लिलामी सुरु भएको करिब ५ मिनेट भित्रमा खरिद गरिएको थियो । 

यस हिरालाई विश्वको सबैभन्दा शानदार हिरामा गनिन्छ । यसको गुलाबी रंग एक क्यारेटको हिरामा पनि सजिलै देख्न सकिन्छ । यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी भिभिड’मा राखिएको छ । 

आयतकार यो  हिरा दक्षिण अफ्रिकाको एक खानीमा सय वर्ष पहिले भेटिएको थियो । यो हिराले प्रति क्यारेटको मूल्यको पछिल्लो रेकर्ड तोडेको छ । बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर