• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘परिवार र मधुमेह’, यसरी बच्न सकिन्छ मधुमेहबाट 

१. विश्व मधुमेह दिवस सन् १९९१ बाट मनाउन सुरु गरिएको थियो ।

२. विश्वभरमा लगभग ४५ करोड ७ प्रतिशत जनसंख्या मधुमेहबाट प्रभावित छन् ।

३. सन् २०३५ सम्ममा १० प्रतिशत मानिसमा मधुमेहको प्रभाव देखिने अनुमान छ ।

४. प्रत्येक दुई जना मधुमेह भएका व्यक्तिमध्ये एकजनालाई आपूmलाई मधुमेह लागेको थाहा हुँदैन । तसर्थ प्रभावित संख्या अहिलेको आँकडाभन्दा धेरै बढी हुन सक्छ ।

५. सन् २०१६ को आइडिएफमा बुझाइएको डाइबिटिज प्रोफाइल अनुसार नेपालमा कुल जनसंख्याको ९.१ प्रतिशत मानिसमा मधुमेह भएको देखिन्छ । एकिन तथ्यांकको कमी र रोगको राजधानी मानिने भारत र चीनबीचको भौगोलिक अवस्थित र जीवनशैलीको सामिप्यता हेर्दा यो संख्या अभैm भयावह हुन सक्ने देखिन्छ ।

लेखक

६. अमेरिकाजस्तो विकसित राष्ट्रमा प्रतिव्यक्ति करिब २ हजार डलर प्रति वर्ष मधुमेह लाग्दा खर्च हुने देखिन्छ भने १ हजार डलर प्रतिव्यक्ति प्रतिवर्ष आय भएको ७. हाम्रो मुलुकको एउटै परिवारमा मधुमेह हुँदा हुने आर्थिक भार सजिलै बुझ्न सकिन्छ । यो वर्ष मूल नारा परिवार र मधुमेह हो ।
यो नारा छनोटमा पर्नुको मुख्य कारणहरु यसप्रकार छन् :
– परिवारमा कुनै एक जना रोगी भए पनि त्यसको प्रत्यक्ष असर पूरा परिवारमा पर्छ ।
– रोगबाट पीडित पनि र राहत दिने स्रोत पनि परिवार नै हो ।
– आर्थिक व्ययभार धेरै बढेर जान्छ
– रोगको अनुभव र रोगसम्बन्धी शिक्षाको आदानप्रदान परिवारमा प्रत्यक्षरुपमा हुने गर्दछ ।
– खानपान र जीवनशैलीको जोखिम र वंशाणुगत असर सबै सदस्यमा उस्तै हुने हुनाले यो विषय शिक्षित हुनु जरुरी छ ।

८. मधुमेह शरीरमा प्याङक्रियाज नामको ग्रन्थीले उत्पादन गर्ने इन्सुलिन हर्मोनमा कमी भएर अथवा उत्पादन भएर पनि काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी हुनाले देखिने रोगहरुको संक्रमण हो ।

९. यदि कसैलाई ३० वर्षभन्दा कम उमेरमा मधुमेह देखा प¥यो भने त्यसलाई  Type 1 मधुमेह भनिन्छ भने ३० वर्षभन्दा बढी उमेरमा लागेमा त्यसलाई Type  2 मधुमेह भनिन्छ । विश्वभरमा Type  1 DM कुल प्रभावित मध्येको लगभग १० प्रतिशतलाई भएको तथ्यांक छ भने Type DM लगभग ९० प्रतिशतलाई भएको तथ्यांक छ ।

१०. अन्य मानिसको तुलनामा मधुमेहलाई मुटु र रक्तनलीहरुमा देखिने असर ३६ प्रतिशतले बढी हुन्छ भने मधुमेहमा मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल पारिवारिक सुगर रहेमा त्यो जोखिम ५० प्रतिशत हुनजान्छ ।

११. मधुमेहले विशेषगरी मुटु, मस्तिष्क, मृगौला, आँखाको रेटिना, स्नायु प्रणालीमा असर गर्दछ र शरीरको रोगप्ररोधात्मक क्षमतामा ह्रास ल्याउँछ ।

१२. मधुमेहको जटिलताबाट बच्नु यसको उपयुक्त उपचार हो ।

१३. मधुमेहमा खानपान, जीवनशैलीको व्यवस्थापन र विज्ञचिकित्सकको राय अनुसारको उपचार नै उपयुक्त त्रिकोणात्मक समाधान हो ।

१४. नेपालीहरुको अक्सर खानामा करिब ६० प्रतिशत कार्बोहाइड्रेटको हिस्सा हुन्छ जुन मधुमेह हुन जोखिम र भइसकेकालाई सुगर नियन्त्रणमा अवरोध हो । ३० प्रतिशतभन्दा कम कार्बोहाइड्रेड फलफूल र फाइबरयुक्त खाना (सागसब्जी) मा जोड प्रोटिन, माछा, सेतोमासुको मात्रामा बृद्धि १० प्रतिशतभन्दा कम बोसोको मात्रा पटकपटकको कम क्यालोरिजन्य खाना (दैनिक १६००–१८००, KCL) र बेलुकाको खानाको मात्रामा कटौती र धुम्रपान र मध्यपान नगर्नु नै उपयुक्त आहार हुन्छ ।

१५. तनावमुक्त जीवन दैनिक ३० मिनेटको फटाफट हिँडाइ (हप्तामा कम्तिमा १२० मिनेट) मोटोपन र उच्च रक्तचाप, नियन्त्रण खेलकुद र व्यायम उचित जीवनशैलीका आधारहरु हुन् ।

१६. चिकित्सकको परामर्शद्वारा निर्देशित नियमित औषधि सेवन गर्ने, अवैज्ञानिक वस्तुहरु, जडिबुटी, जमराको जुस, आदि सेवन नगर्ने, शरीरमा जटिलता उत्पन्न भई इन्सुलिन सुई प्रयोग भएको भए उचित प्रयोग र नियमित चेकजाँचको होसियारी मधुमेहीले गर्नु जरुरी छ ।
 

लेखक कन्सल्टेन्ट फिजिसियन हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर