• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अब सातै प्रदेशमा विषेश प्रशिक्षण र जनसभा गर्छाैं–प्रचण्ड

नेताहरुको विदेश भ्रमणले एकता ढिलो भो 

दोलखा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका काम ढिला हुनुमा नेताहरुको बाक्लो विदेश भ्रमण कारक रहेको बताएका छन् । आफु, प्रधानमन्त्री र नेता माधवकुमार नेपाल लगायतको विदेश भ्रमणका कारण एकताका काम टुंग्याउन ढिलो भएको उनले बताए ।

कार्यविभाजनमा आपसी बिवाद नरहेको दोहो¥याउदै प्रचण्डले, केही प्राविधिक कारणले मात्रै पार्टी एकता तलसम्म पुग्न नसकेको बताएका हुन् ।

आफ्ना पुत्र प्रकाश दाहालको स्मृतीमा दोलखामा सुरु हुन लागेको फुटबल प्रतियोगिता उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले अब एकता प्रकृयाले छिट्टै गति लिने र टुंगो लाग्ने बताए । ‘विवाद र झमेला भएर हैन, बिवाद छैन । प्रदेश पदाधिकारी पनि २ घण्टामा टुंगो लगाएका हौं हामीले,प्राविधिक कारण विदेश भ्रमण धेरै भएर,कार्यदलले ढिलो गरेर र पछिल्लो चरणमा प्रधानमन्त्रीजीको स्वास्थ्यका कारणले ढिला भएको हो’ उनले भने ।

अध्यक्ष प्रचण्डले मंसिर ६ गते पदाधिकारी बैठक बसी प्रदेश कमिटिहरुको टुंगो लगाउने, केन्द्रिय सदस्यहरुको कार्यविभाजनको प्रस्ताव तयार पार्ने र जिल्ला कमिटिका पदाधिकारीहरुको समेत टुंगो लगाउनेगरि प्रस्ताव बनाउने उनले बताए । 

सचिवालयले तयार पारेको प्रस्तावलाई स्थाई समितिले अन्तिम रुप दिने र केन्द्रिय कमिटिले अनुमोदन गरेपछि एकताको प्रकृया लगभग टुंगोमा पुग्ने उनको भनाई छ । 
 एकताका यी कामसँगै नेकपाले सातै प्रदेशमा ठुला जनसभा र कार्यकता प्रशिक्षण समेत गर्न लागेको उनले जानकारी दिएका छन् ।

सरकारको गति पुगेन की भन्ने आलोचनाको रक्षा गर्दै प्रचण्डले यसबीचमा कानुन निर्माण तथा वैदेशिक सम्बन्धसँग जोडिएका महत्वपूर्ण काम भएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर