नेपाल एयरलाइन्सको टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।
       
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताए । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ ।
       
टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।
      
क्र.सं.         क्षेत्र                                         वायुसेवा
१      काठमाडौँ–बैंकक–सोल           नेपाल एयरलाइन्स–थाइ एयरवेज
२      काठमाडौँ–बैंकक–सिड्नी            नेपाल एयरलाइन्स–थाइ एयरवेज
३      काठमाडौँ–बैंकक–टोक्यो           नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४      काठमाडौँ–दोहा–कुवेत            नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५      काठमाडौँ–दुबई–कुवेत            नेपाल एयरलाइन्स–कुवेत एयरवेज 
६      काठमाडौँ–दुबई–जुरिच           नेपाल एयरलाइन्स–इमिरेट्स
७      काठमाडौँ–दुबई–लण्डन           नेपाल एयरलाइन्स–इमिरेट्स
८      काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट      नेपाल एयरलाइन्स–इमिरेट्स
९      काठमाडौँ–दुबई–पेरिस            नेपाल एयरलाइन्स–इमिरेट्स
१०      काठमाडौँ–दुबई–बहराइन            नेपाल एयरलाइन्स–इमिरेट्स

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर