• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिवाना गरिने

काठमाडौं ।  इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिवाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना लगाएको हो ।  

एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । 

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ । इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई एकपक्षीय रुपमा अनुमति दिएको आरोप समेत लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर