ललितपुरको इमाडोलमा भायानेटकाे सुविधासम्पन्न नयाँ शाखा
ललितपुर । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि. ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै अब भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीय रूपमा यही शाखाबाट उपलब्ध गराउनेछ। यससँगै इमाडोल तथा आसपासका ग्राहकहरूले आवश्यक सेवा अझ छिटो र सहज रूपमा आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार उक्त नयाँ शाखा ललितपुरको इमाडोलस्थित राता मकै चोकमा अवस्थित छ। यो नयाँ शाखा २०८३ भाद्र १ गते देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले वर्षौँदेखि इमाडोलवासीहरूसँग जोडिएर सेवा प्रदान गर्दै आएको बताए।
उनले भने, ‘अब इमाडोलको नयाँ सुविधासम्पन्न शाखाबाटै फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले यहाँका ग्राहकहरूले पहिलेभन्दा अझ छिटो, प्रभावकारी र सहज सेवा प्राप्त गर्न सक्नेछन्। यस विस्तारले इमाडोल क्षेत्रका ग्राहकहरूप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।’
आजको आधुनिक र डिजिटल युगमा तीव्र गतिको इन्टरनेट मानव जीवनको एक अनिवार्य आवश्यकता बनिसकेको छ। शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनका लागि भरपर्दो इन्टरनेटको पहुँच अपरिहार्य छ। ग्राहकहरूको यही दैनिक आवश्यकता र निर्भरतालाई ध्यानमा राख्दै भायानेटले निर्बाध र उच्चस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
नयाँ शाखाबाट इमाडोल तथा आसपासका क्षेत्रका ग्राहकहरूले नयाँ इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, प्राविधिक तथा ग्राहक सहायतासम्बन्धी सम्पूर्ण सेवाहरू अझ छिटो र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
आफ्ना ग्राहकहरूलाई सधैँ उच्च गतिको भरपर्दो इन्टरनेट र गुणस्तरीय सेवा प्रदान गर्न भायानेट सदैव प्रतिबद्ध रहेको छ। कम्पनीका अनुसार यो नयाँ र ठूलो शाखाको स्थापनाले स्थानीय स्तरमा ग्राहक सेवाको पहुँचलाई अझ सुदृढ बनाउनुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।







प्रतिकृया दिनुहोस