• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एमाले महाधिवेशन : कुन नेताको के मा उम्मेदवारी ?

काठमाडौं ।  नेकपा एमालेको महाधिवेशन उद्घाटन हुन अब दुई दिन बाँकि छ । एमालेले विधान महाधिवेशन १५देखि १७ असोजमा गरीसकेको छ । यो राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने छ । 

नेतृत्व चयन एमालेले सहमतिमा गर्ने भन्दै आएको छ । यदि सहमति भएन भने प्यानल नभएर एक्ला एक्लै  उम्मेदवारी घोषणा गर्ने भनिएको छ । तर सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको योजनामा उपाध्यक्ष भीम रावलले केहि दिन पहिला ब्रेक लगाएका छन् । सर्वसम्मत अध्यक्ष हुने चाहना राखेका ओलीमाथि नै रावलले उम्मेदवारी घोषणा गरेका छन् । 

रावलमात्र होइन अब महादिवेशन उद्घाटनको मिति नजिकिदै गर्दा उम्मेदवारको पनि घोषणाको संख्या बढ्न थालेको छ । त्यसमा ओली विरोधी मात्रै हैन ओली निकटस्थहरु पनि छन् ।

सोमबार मात्र ओलीका विश्वास पात्र मानिएका सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि तीन जनाको दाबी रहेको छ ।

अब एमालेमा सर्वसम्मत भएन भने वरिष्ठ उपाध्यक्षमा मात्र तीन जनाको भिडन्त हुने देखिन्छ । जसमा नेम्वाङ, महासचिव इश्वर पोखरेल र पूर्वमाओवादी नेता रामबहादुर थापा । 

थापा एमालेमा बस्नुको कारण माओवादीमा उपाध्यक्ष माग्दा नपाउने भएपछि तत्कालीन अवस्थामा नै ओलीले उपाध्यक्ष दिने बचन दिएको तर अहिलेसम्म नदिएको बताइन्छ । तर यो महाधिवेशनबाट थापालाई सर्वसम्मत तरिकाले उपाध्यक्ष दिने बचन दिएको बताइन्छ । तर नेम्वाङले उम्मेदवारी घोषणा गर्नुले पनि एमाले वृतमा नै वरिष्ठ उपाध्यक्ष राखेर थापालाई उपाध्यक्षमा थन्क्याउने रणनीति ओलीले लिएको पनि भनिन थालेको छ । 

यता वरिष्ठ उपाध्यक्षमा तीन जनाको प्रतिस्पर्धा हुने देखिन्छ भने उपाध्यक्षमा पनि एमालेका धेरै नेताहरुको चाहना छ । जसमा तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत अरु नेताहरुको पनि आउने चाहना छ । जसमा सचिव पृथ्वीसुब्बा गुरुङ, ओली निकट केन्द्रीय सदस्य देवराज घिमिरेले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  

नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका ओली निकट महेश बस्नेतले पनि सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । उनले केहि दिन अघि आफ्नै गृहजिल्लामा एक कार्यक्रम गरेर सचिवको उम्मेदवारी घोषणा गरेका छन् । 

एमालेमा नवौं महाधिवेशनमा सचिवमा जितेका योगेश भट्टराईले पनि बुधबार सचिवमा उम्मेदवारी दिने घोषणा गरका छन् । भट्टराईले महाधिवेशन स्थल चितवनमा पत्रकारसंग कुरा गदै सचिवमा दाबी रहेको बताए । उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटोछिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।’

भट्टराई एमालेमा विवाद हुदा माधवकुमार नेपाल पक्षमा थिए । तर एमाले विभाजन नहुदै ओलीसंग निटक भएका हुन् । त्यसकारण पनि भट्टराई सचिवमा सर्वसम्मत हुने चुनाव भएपनि जित्ने संभावना रहेको बताइन्छ । 

महाधिवेशन एकताको हुने भनिएकाले महाधिवेशनमा प्यानल सहित नेतृत्वको लागि उम्मेदवारी चयन नहुने देखिन्छ । तर व्यक्तिगत रुपमा एमालेमा नेतृत्वको प्रतिस्पर्धा हुने छ । ओली पक्षमा रहेका दुई जना वा दुई भन्दा बढी भिडेमा प्रतिस्पर्धामा तलमाथि हुने छ ।

सिङगो एमाले हुदा नेपाल पक्षमा लागेका र पूर्वमाओवादीको केहि सानो तप्का भिड्दा भने ओली पक्षले कुनै पनि पदमा जित्न दिने संभावना शुन्य जस्तै छ । ओलीले एकताको सन्देश दिने भन्दै केहिलाई सर्वसम्मत गर्न चाहेपनि एमाले नै नेतृत्वमा पूर्वमाओवादीलाई स्वीकार्ने अवस्था नरहेको बताइन्छ । 

एमालेमा १० बँुदेको टेकोले रोकिएका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेपनि उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताइन्छ । तर यी दुबै नेताहरुले घोषणा भने गरेका छैनन् । 

तर ओली निकट नेताहरुले महाधिवेशनमा निर्वाचन भए विजयी हुने पक्का पक्कि नै देखिन्छ । 

ओलीको कृपामा नेता बन्ने होड
एमालेको १० औं महाधिवेशनको जति चर्चा परिचर्चा भएपनि २२५ जना केन्द्रीय सदस्यमा अधिकाशंले ओलीको कृपामा नेता हुने चाहना राखेका छन् ।  

सर्वसम्मत हुन सकेन भने पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने तयारीमा हुदा पनि ओलीको आर्शिवाद अनिर्वाय जस्तो बनेको छ । ओलीले जसलाई केन्द्रीय सदस्य र पदाधिकारीमा ल्याउन चाहे तीनै नेता जित्ने बताइन्छ । 

वडा सम्मेलनदेखि प्रतिनिधि छनौटसम्म पनि सर्वसम्मत तरिका अपनाएको छ । जसमा ओली पक्षका प्रतिनिधिहरु छानिएर आएका छन् । 

अहिले एमालेमा भएका तीनै पक्षहरु ओलीको मुख ताकेर बसेका छन् । आफू अहिले भएको भन्दा माथिल्लो पदमा जान सबैको चाहना छ तर ओलीको आर्शिवाद बाहेक त्यो पद नपाउनेमा अधिकांश नेताहरुको ठम्याइ छ ।  

अहिले पनि ओलीको बक्सिसमा पद पाउने चाहना राख्नेमा १० जना नेताहरु, ओली पक्षका र पूर्वमाओवादीहरु सबै पर्छन् । 

ओलीको खरो आलोचकहरु पनि अहिले ओलीको आर्शिवादमा पद पाउने आसामा बसेका छन् । त्यहि भएर अहिले ओलीका विरुद्ध चुइक्क बोल्दैनन् । अझ ओली नै सर्वसम्मत अध्यक्ष हुने भन्दै ओलीको गुणगान गाउन थालेका छन् ।  

त्यहि भएर पनि रावल र भुसाल बाहेक अन्य सबै नेताहरु ओलीको बक्सिसमा पद थाप्न लाम लागेका छन् । ओलीले जुन नेतालाई जुन पद दियो त्यहिमा चित्त बुझाउने अवस्थामा पुगेका एक केन्द्रीय सदस्य बताउछन् । 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय विष्णु पौडेल,सचिवद्वय गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य राधा ज्ञवाली पनि पदाधिरकारीमा उठ्न चाहन्छन् । ज्ञवाली उपाध्यक्षमा दोहारीन चाहन्छन् । पौडेल र पोखरेल महासचिवमा उठ्न चाहन्छन् । तर दुबै ओलीका विश्वास पात्र हुन । विश्वकर्मा सचिवमा उम्मेदवारी दिन चाहन्छन् । 

विष्ट पनि सचिवमा दोहरीन चाहन्छन् । पूर्वमाओवादीमा नेताहरुमा लेखराज भट्ट , टोपबहादुर रायमाझी र मणी थापा सचिव हुन चाहन्छन् । तर उनीहरु निर्वाचन होइन सर्वसम्मत हुन चाहन्छन् । जुन अब एमालेमा सम्भवन छैन । 

केन्द्रीय सदस्य रहेका ठाकुर गैरेपनि सचिवमा उम्मेदवारी दिने तयारीमा रहेका बताइन्छ । 

जब कि अहिले पनि युवाहरु आफू नेतृत्वमा जान चाहन्छन् तर पहिलो पुस्ताका नेताहरुसंग भन्न सकिरहेका छैनन् । उनीहरु आफू खुलेर आउदैनन् । ओलीको बक्सिसको पर्खाइमा सिङगो एमाले पँक्ति रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर