• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

यी हुन एमाले स्थायी कमिटीमा संभावित अनुहार

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने  छ । पहिलो बैठक चितवनमा बसेको थियो भने दोर्सो बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने छ । 
बैठक यहि २५ गतेदेखि काठमाडौंमा बस्दैछ । बैठक बस्नु अघि  एमाले नेताहरू स्थायी कमिटीमा पर्न दौडधुपमा रहेको एक नेताले बताए । 

एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी हुने छ  । तीमध्ये १९ जना पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य  हुन । त्यसमा यसअघि पदाधिकारी र  स्थायी कमिटी भएका तर अहिले निर्वाचनमा पराजित भएमालाई पनि समेट्ने तयारी नेतृत्वको रहेको बुझिएको छ । 

जसमा  घनश्याम भुसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त र मणि थापा छन । भुसाल उपाध्यक्षमा पराजित भएका छन् ।

अध्यक्ष पदमा पराजित भीम रावल भने नसमेटिने बताईन्छ । 

यो पटक स्थायी कमिटीमा पहिलो पटक धेरै नयाँ अनुहारले आउने छन् । 

पूर्वमाओवादीबाट प्रभु साह पर्ने सम्भावना बढी छ । त्यसबाहेक टंक आङबोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह पनि दोडधुपमा रहेको बुझिन्छ । 

एमाले छोडेका लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउन सक्ने हुन्छ  ।
त्यसबाहेक थममाया थापा र डा. बिन्दा पाण्डे, श्रीमाया थकाली ,शिवमाया तुम्बाहाम्फे, राधा ज्ञवाली, उषाकला राई, ममता गिरी, सीता पौडेल र सुजिता शाक्यको पनि चर्चा छन्। 

त्यस्तै स्थायी कमिटीमा समेटिने नयाँ अनुहारमा  कर्ण थापा , यामलाल कँडेल , खगराज अधिकारी ,भानुभक्त ढकाल, गोकुल बास्कोटा, महेश बस्नेत, अग्नि खरेल, देवराज घिमिरे, शेरबहादुर तामाङ, शेरधन राई, राजन भट्टराई,  गोरखबहादुर बोगटी, परशुमेघी गुरुङ छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर