• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ओलीमय एमाले महाधिवेशन, नेतृत्व दाबी गर्नपनि डराउछन् नेता

काठमाडौं । यतिबेला ७७ जिल्लाका नेता कार्यकर्ताको जमघटको थलो बनेको छ एमाले पार्टी कार्यलय थापाथलि । शनिबार दिनभरी एमाले पार्टी कार्यलय नेताकार्यकर्ताले भरीभराउ थियो । एमालेका केन्द्रीय सदस्य निरज आचार्य भन्दै थिए ,हरेक महाधिवेशनमा केन्द्रीय कमिटीको वान थर्ड सदस्य नयाँ ल्याउने र त्यति नै विदाई हुने व्यवस्था हुनु पर्छ । उनको कुरामा सहि थप्दै थिए अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराई । यो एमालेका दशौं महाधिवेशनको पूर्वसन्ध्याको नेताहरुको मनोविज्ञान हो । के चितवनमा त्यसाे हाेला त ?

सर्वसम्मत नेतृत्व चयन गर्ने भनेका केपी शर्मा ओलीको चाहना माथि नै आइतबार उपाध्यक्ष भीम रावलले चुनौति दिएका छन् । रावलले आइतबार दशौं महाधिवेशनमा अध्यक्षको  उम्मेदवारी घोषणा गरेका छन् । जब कि ओली र उनको पक्षले अध्यक्ष सर्वसम्मत हुने बताउदै आएका थिए । तर सबै भन्दा पहिला ओलीको विरुद्ध नै उम्मेदवारी घोषणा भएको छ । यसरी उम्मेदवारी घोषणा गर्नेको लहरमा घनश्याम भुसाल पनि थपिएका छन् । उनले उपाध्यक्षको दावेदारी पेश गरेका छन् ।

एमालेमा १५ जना पदाधिकारीमा मात्र ३० जना भन्दा बढी आकाँक्षी छन् । अझ एमालेमा अहिले तीन धारका नेताहरु समेट्नु पर्ने छ । जसमा ओलीको आफ्नो पक्ष । १० बुँदे सहमति गरेर एमालेमा नै बसेका १० जना नेताहरु र एमालेमा बसेका पूर्वमाओवादीहरु । 

त्यहि भएर ओलीले यससलाई एकताको सन्देश दिने गरी महाधिवेशनमा सर्वसम्मत गर्ने भन्दै आएका छन् । अहिलेनै भाग पुर्याउन नसकेकालाई कार्यकाल बाढ्ने जस्ता विकल्प समेत ओलीले भित्रभित्रै अघि सारेको कतिपय एमाले नेताहरु बताउँछन् । तर सर्वसम्म गर्ने ओलीको चाहानामा रावलले हमला गरीसकेका छन् । 

ओलीको मुख ताक्नेको लर्को 

यो महाधिवेशनबाट एमालेमा प्यानलबाट उम्मेदवारी हुने छैन । तर सर्वसम्मत हुन सकेन भने व्यक्तिगत रुपमा उम्मेदवारी दिने तयारीमा अन्य नेताहरु पनि रहेका छन् । 

वडा सम्मेलनदेखि प्रतिनिधि छनौटसम्म पनि सर्वसम्मत तरिका अपनाएको एमालेले महाविधेशनमा पनि त्यहि गर्ने तयारी गरेको थियो । तर अध्यक्षमा उपाध्यक्ष रावलले उम्मेदवारी घोषणा गरेपछि त्यसमा ब्रेक लागेको छ । 

तर एमालेको १५ जना पदाधिकारीमा अहिलेसम्म कसैले मुख खोलेका छैनन् । अथवा एमालेका कुनै पनि पदाधिकारी तथा स्थायी कमिटी सदस्यले अहिले नै म पदाधिकारीको यो पदमा उम्मेदवारी दिन्छु भन्न सकेका छैनन् । भुसालले तयारी गरेको उनी निकट स्रोत बताउँछ ।

अहिले एमालेमा भएका तीनै पक्षहरु ओलीको मुख ताकेर बसेका छन् । आफू अहिले भएको भन्दा माथिल्लो पदमा जान सबैको चाहना छ तर एमालेमा कसैले पनि मुख खोल्न सक्ने अवस्था नरहेको एक केन्द्रीय सदस्य बताउछन् । 

आफ्नो मन लागेको पदमा भन्दा पनि सबैले ओली सर्वसम्मत अध्यक्ष भन्दै आएका थिए । तर आइतबार रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहना सकिएको छ ।

ओलीले आफू सर्वसम्मत भएर अरुहरुलाई भिडाउन चाहेका थिए । तर सबै भन्दा पहिला उनीसंग भिड्न रावल तयार भएका छन् । 

अहिले पनि ओलीको बक्सिसमा पद पाउने चाहना राखेका एमाले नेताहरु म यो पदमा उम्मेदवार उठ्छु भन्न सकिरहेका छैनन् । 

जब कि ओली नै अन्य पार्टी विशेषत माओवादीमा चुनाव हुदैन सधै प्रचण्ड प्रमुख हुन्छन् भन्दै आलोचना गर्थे । तर उनले आफू नै एउटै कक्षामा नदोहरीने घोषणा गरेका थिए । तर मौका पाएपछि उनी सर्वसम्मत रुपमा अध्यक्ष हुन चाहन्थे । 

एमालेमा प्रतिस्पर्धा नहुने भएमा पनि उनले चाहेका अथवा उनका पक्षका मात्र नेताहरु जित्ने सुनिश्चित भएकाले उनको खरो विरोध गर्ने नेताहरु विशेषत १० जना जुन १० बुँदे सहमति गरेर एमालेमा बसेका थिए पनि विरोध गर्न छोडेका छन् । त्यसमध्ये कतिपय ओलीसँग मिलेरै पद प्राप्तीको अभियानमा छन् भने कतिपयले अस्तित्वका लागि पनि उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

ओलीको खरो आलोचक मध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हुन । उनी बागमति प्रदेशको दुई महिने मुख्यमन्त्री भएपछि ओलीको विरोध गर्न छोडेकी छन् । 

त्यहि भएर पनि रावल र भुसाल बाहेक अन्य सबै नेताहरु ओलीको बक्सिसमा पद थाप्न लाम लागेका छन् । ओलीले जुन नेतालाई जुन पद दियो त्यहिमा चित्त बुझाउने अवस्थामा पुगेका एक केन्द्रीय सदस्य बताउछन् । 

१० नेताहरु पनि अहिले विभाजित भएका छन् । त्यसमा अधिकांश नेताहरु ओलीलाई फकाएर पद पाउने लोभमा छन् । त्यहि भएर म यो पदमा उम्मेदवारी दिन्छु र महाधिवेशनबाट चुनिन्छु भन्ने अवस्थामा छैनन् । यसको कारण हो चुनावमा ओली पक्ष अथवा उनले चाहेको मानिसमात्र जित्ने सुनिश्चिता छ । सोही अनुसार महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यहि भएर कोहि पनि ओलीसंग मुडभेड गर्न चाहदैनन् बरु ओलीलाई फकाएर पद सुरक्षित गर्न चाहन्छन् । 

अहिले नै उम्मेदवार घोषणा गर्दा ओली रिसाए पद नै नपाउने अवस्था रहने बुझाईमा नेताहरु रहेको एक नेता बताउछन् । 
जब कि अहिले पनि युवाहरु आफू नेतृत्वमा जान चाहन्छन् तर पहिलो पुस्ताका नेताहरुसंग भन्न सकिरहेका छैनन् । उनीहरु आफू खुलेर आउदैनन् । ओलीको बक्सिसको पर्खाइमा सिङगो एमाले पँक्ति रहेको छ । 
के गर्लान ओली
२२५ जना केन्द्रीय सदस्य र १५ जना पदाधिकारी चुन्ने महाधिवेशन हुन पाँच दिन बाँकी हुँदा पनि एमालेमा को कुन पदमा उम्मेदवार हुन्छ भन्ने अत्तपत्तो छैन । ओलीले पनि अहिलेसम्म कसकसलाई पदाधिकारीमा ल्याउने भन्ने बारेमा छलफल नगरेको ओली निकट स्रोत बताउछ । अथवा उनी कोटको खल्तीबाट नामावलीको सूची झिकेर सार्वजनिक गर्ने तयारीमा छन् ।

ओली निकटहरु नै १४ पदाधिकारीमा जान चाहन्छन् । तर ओलीले तीन पक्षलाई समेटेर जानु पर्ने छ । त्यहि भएर पनि ओलीले के गर्छन कसरी अगाडि बढ्छन् भन्ने बारेमा कसैले केहि भन्ने अवस्थामा नरहेको उनी निकट नेता बताउछन् । 

यो महाधिवेशनलाई ‘एकता’को भनिएको छ । या सन्देश दिन पनि ओलीले मिलाएर लैजानुको विकल्प नरहेको बताइन्छ । यस्तो गर्दा ओली निकट नेताहरु पनि पछाडि पर्ने देखिन्छन् । पूर्वमाओवादीलाई र नेपाल पक्षमा लागेका तर पछि एमालेमा नै रहेका नेताहरुको पनि उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । यस्तो गरीएन भने एमालेमा महाधिवेशन लगतै फेरी विवाद सुरु हुने नेताहरु नै बताउन थालेका छन् । 

यदि ओलीले एकताको सन्देश दिन सकेन भने एमालेमा फेरी विद्रोको विऊ रोपिने आँकलन राजनीति वृतमा हुन थालेको छ । त्यहि भएर ओलीको विरुद्धमा कोहि पनि जान चाहदैनन् । ओलीको तजबिज नै अहिलेको महाधिवेशन हुने छ । 


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर