नियुक्त हुने वित्तिकै स्वीडेनकी प्रधानमन्त्रीले दिईन राजीनामा

काठमाडौं । स्वीडेनकी नवनियुक्त प्रधानमन्त्री मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिएकी छन् । गठवन्धन सरकारमा सहभागी पार्टीले अलग भएको घोषणा गरेपछि उनले उच्च राजनीतिक नैतिकता देखाउँदै तुरुन्तै राजीनामा दिएकी हुन् ।
स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान भएकाले उहाँले राजीनामा दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । सरकारमा सहभागी ग्रीन पार्टीले बजेट अति दक्षिणपन्थी भएको कारणले प्रधानमन्त्रीलाई समर्थन जनाउन नसक्ने बताउँदै बाहिरिपछि बजेट फेल भएको थियो ।
‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्। उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि एकल बहुमतसहित आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छनज् ।
५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिईन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डरसन नियुक्त भएकी थिईन ।
संसद्का ३४९ सांसद्मध्ये १७४ ले उहाँको विपक्षमा मत हालेका थिए । बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।
एक दिनको लागि भए पनि उनी पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छन् ।
प्रतिकृया दिनुहोस