‘नेपाल आइडल सिजन–४’ मंसिर २३ गतेबाट प्रशारण हुँदै

काठमाडौं ।  नेपालमा पनि विभिन्न प्रकारका रियालिटी शोहरूले राम्रै चर्चा बटुलिरहेका छन् । विभिन्न फ्रेन्चाइज शोहरू एकपछि अर्को थपिने क्रममा छन् । यस्तै रियालिटी शो मध्येको एक ‘नेपाल आइडल’ को चौँथो सिजन सुरु हुन लागेको छ ।

डिजिटल अडिशन सम्पन्न भइसकेको शो मा जज प्यानल परिवर्तन गरिएको छ । चौँथो सिजनका लागि नेपाल आइडलको जजमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान अनुबन्धित भएका छन् । 

यसअघि तेस्रो सिजनसम्म न्यूह बज्राचार्य, कालीप्रसाद रिजाल र इन्दिरा जोशी जजका रूपमा थिए । उनीहरू अर्कै शो मा जोडिएपछि नयाँ निर्णायक छानिएको हो ।


होस्टमा आसिफ र रेश्मा
नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् । तर, उनको यो प्रवेश होस्टको रूपमा भएको हो । रेश्माले अभिनेता एवं गायक समेत रहेका आसिफ साहसँग मिलेर गायन रियालिटी सोको चौंथो सिजनलाई होस्ट गर्नेछिन् ।

सो निर्देशक सुरेश पौडेलका अनुसार कोरोना महामारीको कारण यसपटक डिजिटल अडिसन आयोजना गरिएको हो । मंसिर २३ गतेदेखि प्रसारण थाल्ने जनाइएको छ । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुनेछ । पहिलो,दोस्रो र तेस्रो सिजनमा बुद्ध लामा, रवी ओड र सज्जा चौलागाईँ नेपाल आइडल बनिसेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर