• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

टिकटक भिडियो  बनाउनेलाई अब सिधैँ पैसा पठाउन सकिने

काठमाडौं । टिकटकले प्रयोगकर्ताको सिर्जनालाई सम्बोधन गर्दै फलोअरहरूले दिने गिफ्टका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

‘क्रियटर नेक्स्ट’ नाम दिइएको यो फिचर अन्तर्गत टिकटकले कम्पनीबाट आफूलाई मनपर्ने क्रिएटरलाई गिफ्टमार्फत अथवा सिधै पैसा पठाउन मिल्ने सुविधा दिएको छ ।

टिकटकले सार्वजनिक गरेको सूचना अनुसार क्रियटर नेक्स्टको साथमा कम्पनीले ‘टिप्स’ फिचर पनि सार्वजनिक गरेको छ ।

जसरी प्रयोगकर्ताले इन्स्टाग्राम, फेसबुक, युट्युव तथा स्न्यापच्याटबाट पैसा कमाइरहेका छन्, त्यसरी नै टिकटकबाट पनि अब सिधै पैसा पाउन सकिनेछ ।

तर फलोअरहरूले आफ्नो कन्टेन्ट मन पराएर त्यसलाई प्रोत्साहन गरेको रुपमा पैसा कमाउन सकिनेछ । गत अक्टोबर महिनादेखि कम्पनीले यो ‘टिप्स’ फिचरलाई परीक्षण गरिरहेको थियो ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर