कांग्रेस कर्णाली सभापतिमा  शाही विजयी 

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग  प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभातिका अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत ल्याए ।  कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ। 

देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले बाजी मारे । यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर