• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

 चितवनमा आइतबारबाट बाघ सर्वेक्षण सुरु (भिडियो)

चितवन । चितवनमा आइतबारबाट बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरुवात गरिएको हो । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको समुद्घाटन गरेका छन् ।  

बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । कार्यक्रममा मन्त्री यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताए । 

उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे । उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको धारणा राखे बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए । 

नेपालमा सन २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ रहेका थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १९८ वटा बाघ रहेकोमा चितवनमा १२० वटा थिए । सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा बाघ रहेका छन । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन । नेपाल सरकारले सन २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पु¥याउने प्रतिवद्धता जनाएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर