ओमिक्रोनको त्रासः पूर्बी नाकामा कस्तो छ तयारी ?

झापा । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि दुईजनामा पुष्टि भईसकेको छ । यसले सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरु अझ बढी त्रास फैलाएको छ ।

लामो सयम कोभिडका कारण सिथिल बनेको नागरिकको दैनिकी बिस्तारै सहजता तर्फ उन्मुख थियो । कोभिडको संक्रमण कम हुँदै गएपछि नागरिकको दैनिकी पुरानै लयमा फर्कदै गएको थियो । तर, पुनः नयाँ संक्रमण देखिएपछि आम नागरिक त्राहिमामको अवस्थामा पुगेका छन् भने कतिपयहरु आफ्नो व्यवसायबाट पलायन समेत भएका छन् ।

झापामापनि यहि समस्या देखिएको छ । भारतसँग १४४ किमि खुल्ला सिमा रहेको यहा भारतमा पनि ओमिक्रोनका संक्रमित धमाधम भेटिन थालेपनि थप त्रास उत्पन्न भईरहेको छ । त्रासलाई कम गर्न र ओमिक्रोनको संक्रमण झापामा आउँन नदिन झापा प्रशासनले उच्च सर्तकता अपनाएको जनाएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने भन्छन्, “हामीले बिशेष गरि सिमामा उच्च सतर्कता अपनाएका छौं । कोभिड व्यवस्थापन समितिको वैठक बसेर सवै निकायलाई सतर्क रहन आग्रह गरिसकेका छौं । स्थानीय पालिकाहरुसंग सहकार्य गर्दै कोरोनाको नयाँ भेरियन्ट झापा भित्रन नदिन विशेष सर्तकता अपनाएका छौं । यसमा नागरिककै साथ र सहयोग अनि सतर्कताको पनि खाँचो छ ।”

यस्तै झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले भारत लगायत तेस्रो देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाई गर्न थालिएको बताए । विशेष गरी पूर्वी नाँका काँकरभिट्टामा हेल्प डेस्कनै खडा गर्दै नेपाल प्रवेश गर्ने नागरिको स्वास्थ्य परीक्षण गर्न शुरु गरिसकेको उनले सुनाए ।

प्रहरी प्रमुख भट्टराईले भने, “भारत तथा पूर्वी नाका हुँदै आउने सबैको स्वास्थ्य परीक्षण पछि मात्रै नेपाल प्रवेश गर्न दिएका छौं । नाकामा अहिले हामीले ब्यापक कडाई गरेका छौं ।” भट्टराईले भने, “पश्चिम वंगाल र विहार राज्यसंग १४४ किलोमिटर खुल्ला सिमा जोडिएको झापामा त्यसैपनि उच्च जोखिम छ नै । तथापि कोभिडको नयाँ भेरियन्ट भित्रन नदिन सबै नागरिक, सवै तह र तप्का जागरुक बन्नु पर्छ । तव मात्र हामी सुरक्षित रहन सक्ने छौं ।”   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर