• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पोटास मल भन्दै नुनमा रातो माटो मिसाएर बिक्रि

झापा  ।  झापाको दमक ३ स्थित आमचोकका किसान पोटास मल खरिदमा ठगिएका छन् । पोटास भनेर खरिद गरिएको मल गुणस्तरहिन भएको प्रमाणित भएपछि उनीहरु आक्रोशित समेत बनिरहेका छन् । उनीहरुले ठगी गर्नेलाई कडा कार्बाही नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

झापा दमक नगरपालिका वडा नम्बर ३ का कृषक गंगा प्रसाद खनालले साग शब्जी लगाउँन भनेर स्थानीय बेलडाँगी बजारमा रहेको निशा पशु उपचार सेवाबाट पोटास भनि मल खरिद गरेर ल्याए । तर, उनी त्यती बेला चकित भए जतिबेला उनले संका लागेर घरायसी तबरले पोटासको परिक्षण गरे । चियाको कपमा हालेर परिक्षण गर्दा त्याहा माटो एकातिर नुन एकातिर छुट्टिएपछि उनले स्थानीय प्रहरी देखी स्थानीय सरकारसम्मलाई यस बिषयमा जानकारी गराए ।

मंसिर १ २०७८ मा दमक नगरपालिका वडा नम्बर ३ मा रहेको निशा पशु उपचार सेवामा पुगेर बाँकी रहेको पोटास भनिएको उक्त मल नगरपालिका र प्रहरीले जफत गर्यो । जफत गरिएको उक्त मलको नमूना माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीमा परिक्षणका लागि पठाईएको थियो ।

परिक्षण गरिएको उक्त पोटास गुणस्तरहिन भएको प्रमाणित भयो । माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीले पठाएको पत्रमा उक्त पोटास गुणस्तरहिन भएको प्रमाणित गरिएको छ । तर, उक्त पोटास बिक्रि गर्ने पशलका सञ्चालकलाई कार्बाही नगरिएको भन्दै कृषकहरुले आपत्तीपनि जनाएका छन् ।

गंगा त एक प्रतिनिधी कृषक मात्र हुन् । उनी जस्ता धेरै कृषकले उक्त पशलबाट पोटास खरिद गरि ल्याएका थिए । त्यसको प्रयोग पनि गरेका छन् । अब त्यसले के कस्तो परिणाम दिने हो यस प्रति भने कृषकहरु ससंकित बनिरहेको दमक नगरपालिका वडा नम्बर ३ का कृषक होमराज पोखरेल सुनाउछन् ।

उक्त गुणस्तरहिन पोटास बिक्रि गर्ने दमक ३ बेलडाँगीमा रहेको निशा पशु उपचार सेवाका सञ्चालकले भने आफुहरुले कुनै गल्ती नगरेको र आईन्दा अब मलनै नबेच्ने प्रतिक्रिया दिए । तर, पशल सञ्चालकले यो बिषयलाई मिडियामा ल्याउन आवस्यकनै नभएको बताए । आफ्नो परिचयसम्म दिन नमानेका उनले समाचार संकलनका लागि उनको पशलमा पुग्दा असामान्य ब्यबहार देखाएका थिए ।

यता, गुणस्तरहिन पोटास बेच्ने पशलका सञ्चालकलाई आईन्दा मल सम्बन्धी कुनै कारोबारनै गर्न नपाउने गरि कार्बाही गरिएको दमक नगरपालिकाको कृषि शाखाका प्रमुख चन्द्रकला भट्टराईले बताईन । “ति पशलका सञ्चालकलेपनि अन्यत्रैबाट ल्याएको हुनाले उसलाई अरु कार्बाही नगरिएको हो ।” उनले भनिन् ।

तर उनको भनाइ र कार्बाही गराईबाट पीडित कृषकहरु खुसी भने भएका छैनन् । गुणस्तरहिन मल बिक्रि गरेपछि यसले माटोमा पर्ने असरका बारेमा कृषकको खेतबारीमा कृषि प्राबिधिकलेपनि अध्यन गर्नुपर्ने र माटो परिक्षण गरिनुपर्ने कृषकहरुको माग छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर