• २०७८ मङ्सिर २० सोमबार
  • Monday, 6 December, 2021

'३१ बर्षअघि घर छाेडेका टेकेन्द्र त्यसपछि कहिल्यै झुल्किएनन्'

झापा । आफ्ना आफन्तको सास न लास भएको अवस्थाको अनुमान सायदै कुनै अविभावकले गर्छन् हो । सन्तानप्रतिको मायाँ आमा बुवालाई कति हुन्छ भन्ने कुराको कुनै मापन नै हुँदैन । तर झापा गौरादहको एउटा परिवार ३१ वर्षदेखि यही नसोचिएको पीडाबाट गुज्रिरहेको छ । 

झापामा एक जना यूवा ३१ वर्षदेखी  वेपत्ता  भएका छन् । ८ वर्षको उमेर हुँदा घर छोडेर हिडेका गौरादह  २ नं वडाका टेकेन्द्र फूयाल त्यसपछि कहिल्यैं घर छोडेको आँगनमा झुल्किएनन् । 

‘अहिले सम्म घर  फर्कनु भएको छैन । कहाँ हुनुहुन्छ  कस्तो अवस्थमा हुनुहुन्छ परिवारमा कुनै अत्तोपत्तो छैन । ८ वर्षको काखे छोरो अहिले सम्म सम्पर्कमा नआउँदा उमेरले डाढा पारी पुग्नु भएका आमा र बुुबाको अन्तिम इच्छा त्यहि छोरो भेट्ने छ । त्यसैले परिवारले टेकेन्द्रलाई  फर्कन अनुरोध गरेका छन्,’ परिवारका एक सदस्यले भने ।

तस्विर धमिलो भएको छ । किनकी त्यसबेला  खिचेर राखेको  छोरोको फोटो पटक–पटक धुलाएर राख्ने क्रममा  यो फोटो नै अहिले यस्तो धमिलो भएको छ । यो फोटो हो झापा गौरादह नगरपालिका वडा नं २ क्याम्पसमोडका टेकेन्द्र फूयालको ।

टेकेन्द्रका बुबा खड्ग प्रसाद फूयाल अहिले उमेरले ४ कोरी पुग्नु भयो ।  अहिले उहाँ घरबाट बाहिर भित्र मात्रै गर्न सक्नु हुन्छ । बुढो शरिर विभिन्न रोगले थलीएको छ । हप्तामा २ दिन डाइलासिस  गराएर जिवन  बाँचीरहेको छ ।  छोरो टेकेन्द्र ८ वर्षको उमेरमा घर छोडेर हिडेको र त्यसपछि ८ महिना भएपछि घर आएको पनि उनले सुनाए ।

त्यसबेला नेपाली चलचित्र बलिदानमा आमाको महिमा देखाइएकोले  आमाको खुव याद आएर आएको छोरोले बताएको उनी सम्झन्छन् । तर त्यहि आमा मातातिर्थ औषिमा आमाको मुख हेर्न पाँचथर गएका बेला फेरि  घर छोडेर गएको बुबा खड्ग प्रसाद बताउँछन् । ‘बिरगञ्जको एउटा तेल कम्पनीमा काम गर्छु अहिले सम्म अर्थात ८ महिनाको पैसा लिएको छैन । त्यो तलव लिएर म  फर्किहाल्छु’ भनेर  गएको छोरो अहिलेसम्म नर्फिर्किएको उनले सुनाए ।

‘बुबाको यो बुढो शरिरले अव कान्छो छोरोको मुखबाट बुबा भन्ने मात्र सुन्न चाहेको बताउनु हुन्छ ।  छोरोको यादमा  बुबालाई अहिले  न भोक लाग्छ , न निद्रा । यसैको पीरले शरिर गलीरहेको छ । शरिर निकै कमजोर बनिसकेको छ । बिरामले धेरै च्यापेर केहि समय अघि  परिवारका सबैले माया नै  मारिसकेका पनि थिए । तर कान्छो छोरोको आवान सुन्ने र एक पटक भएपनि अनुसार हेर्ने पाउँछु कि भन्ने चाहि उहाँमा आशा छ । त्यसैले घरको पिढिमा बसेर बुबाले छोरो आउने बाटो हेरिरहनु भएको छ ।’

टेकेन्द्रले  बिरगञ्जमा काम गर्दा आफुले नाम पनि फेरेको पछिल्लो पटक घर आएका बेलामा सुनाएको थियो । ‘ब्राम्हणको छोरो भन्दा त्यहाँ जिस्काउने भएकोले आफ्नो सहजताकालागि उहाँले बिक्रम  थापा राख्नु भएको रहेछ । बिरगञ्जको मुक्ति आयल निगममा काम गर्ने उहाँले बताउनु भएको थियो । यतिमात्र हैन उहाँले आफ्नो मालिकको नाम महमत मुसिन पनि हो भनेर समेत घरमा सुनाउनु भएको थियो । घरबाट निस्केको अन्तिम दिन  दिदिसँग  टेकेन्द्रको कुरा भएको थियो । दिदि भाई उमेरले एक वर्षका मात्र जेठा कान्छा । दिदि भाई पढ्ने विद्यालय एउटै थियो । गोल्डेन सनराईजमा  दुवैजना  पढ्ने गरेका थिए । अव ८ महिना विद्यालय छुटेपछि फेरि त्यहि विद्यालयमा पढ्न लाज हुने भन्दै भाईले दिदिलाई सुनाउनु भएको थियो ।   ‘म  एक पटक गएर  फर्किहाल्छु तर  पहिला पढेको चाहि स्कुल  पढ्दिन  आएर अर्कै स्कुलमा पढ्छु’ त्यसबेला भाईले बोलेको अन्तिम वाक्य सम्झदै दिदि सुशिलाले बताईन ।

आफ्नो काम र काम गर्ने ठाउँका बारेमा यत्तीका जानकारी समेत छोडेर उतै फर्कनु भएका टेकेन्द्र कहिल्दै फर्किएनन् । ‘त्यसपछि उतै काम गर्ने  टेकेन्द्रका मामाको सहयोग माग्यो परिवारले । टेकेन्द्रले छोडेको जानकारीका आधारमा मामाले त्यहाँ आयल निगम पनि खोज्नु भयो । खोजी गर्दा त्यो नामको पम्प भेटियो । तर त्यहाँ काम गर्ने कामदारहरुसँग फोटो सहित देखाएर सोधिखोजी  गर्दा टेकेन्द्र त्यहाँ काम गर्दैन रहेछन् । त्यसपछि मामाले खोज्ने आधार पनि सकियो । छोरो अहिले सम्म भेटनु त परैको कुरा अहिले सम्म सम्पर्कपनि भएको छैन,’ परिवारको दुखेसो छ ।

‘यता आमा र बुबा  हरेक दिन  हरेक पल यहि छोरालाई सम्झेर बस्नु हुन्छ । छोरोका यादमा रातमा निन्द्र र खाना खाने बेलामा भोक पनि हराएको छ ।  आमा र बुबा दुवै रोगी बन्नु भएको छ । छोराका यादमा शरिर कमजोर बनिरहेको छ । आफ्नो काखको छोरो अहिले सम्म नर्फिकएपछि कुन आमाको मन नरोला र । टेकेन्द्रकी आमा चन्द्रमाया फूयाँलको मन पनि भत्तभत्ती पोलेको छ । खाना खाँदा र राती सुत्ने बेलामा छोराको यादले उहाँलाई निकै सताइरहेको छ । उहाँ रुदै रुदै छोरालाई  जहाँ भएपनि जस्तो अवस्थामा भएपनि छोरालाई घर फर्कन बिलौना गर्नु हुन्छ’ दिदीले गुनासो गरिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर