कवि सिलवालको तेस्रो कविता कृति ‘चिबेचरा’ सार्वजनिक
काठमाडौं । प्रगतिशील कवि केशव सिलवालको तेस्रो कविता कृति ‘चिबेचरा’सार्वजनिक भएको छ ।
समाजमा हुँदै आएका सबै प्रकारका उत्पीडन, दलन, विभेद, शोषणविरुद्ध उनका कवितामा कडा विद्रोह पोखिएका छन्। ७० को दशकमा लेखिएका कविता यस कृतिमा समेटिएको सिलवालले बताए।
कार्यक्रममा कृतिमाथि बोल्दै लेखक उज्ज्वल प्रसाइले कविता लेखनमा अब पुराना मानक भत्किदै नयाँ मानक बनाउन यो कृतिले सामर्थ्य राखेको बताए ।
यसअघि सिलवालको ‘वर्जित अवशेष, ‘धारिला मानिसहरू’ काव्य कृति प्रकाशित छ्न् । कृति साङ्गृला बूक्सले प्रकाशन गरेको हो ।







प्रतिकृया दिनुहोस