• २०८२ असार १८ बुधबार
  • Wednesday, 2 July, 2025

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा 

काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका थिए। 

रोमाञ्चक खेलमा २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो। ४१ औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।खेलको ७२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए। तर ८३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए।

निर्धारित समयसम्म २–२ को बराबरी भएपछिप खेल अतिरिक्त समयमा धकेलिएको थियो।अतिरिक्त समयको आठौं मिनेटमा सब्सिच्युट खेलाडी फेडे भोल्भेर्डेले गोल गर्दै रियलला२ पुनः अग्रता दिलाए।

त्यसपछि थप गोल निस्कन नसक्दा रियलले रोमाञ्चक जित निकाल्यो।रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ ले हराएको थियो। अब रियलले उपाधिका लागि एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर