च्याम्पियन्स लिगमा वार्यन, पीएसजी र बार्सिलोनाको दबदबा
काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिका खेलमा साविक विजेता पीएसजी जर्मन पावरहाउस वार्यन म्युनिख र बार्सिलाेनाले सहज जित निकालेका छन्।
एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकाल्याे ।
बार्सिलोनाको जितमा लामिन यमलले सातौं मिनेटमा सुरुआती गोल गरेका थिए। राफिन्हाले दोस्रो हाफमा दुई गोल थपेपछि बार्सिलोनाले सहज जित दर्ता गर्यो।
राफिन्हाले ५२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ६४औं मिनेटमा जोआओ क्यान्सेलोको खुट्टाको बाहिरी भागबाट आएको आकर्षक क्रसलाई पहिलो प्रहारमै गोलमा परिणत गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे।
यसअघि सातौं मिनेटमा यमलले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेल क्याम्प नोउमा भएको थियो। बेलायती राजगद्दीका उत्तराधिकारी तथा एस्टन भिल्लाका चर्चित समर्थक प्रिन्स विलियम पनि खेल हेर्न उपस्थित थिए।
एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीका लागि क्याम्प नोउको यो पुनरागमन सुखद रहेन। यस हारसँगै एस्टन भिल्लाले जारी सिजनमा पहिलोपटक अंक गुमाएको छ।
उता पेरिस सेन्ट जर्मेन पीएसजीले भिल्लारियललाई ६–० गोलले हरायो। बायर्नले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–० ले पराजित गर्यो।
पीएसजीले भिल्लारियललाई ६–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा एकै खेलमा चार गोल गर्ने सबैभन्दा छिटो टोलीको कीर्तिमान बनाएको छ।
पीएसजीले खेलमा उत्कृष्ट आक्रामक प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो। यो जितसँगै टोलीले अंकतालिकाको शीर्ष स्थान कायम राखेको छ।





प्रतिकृया दिनुहोस