यामाहाको एम्टी बीए ०६ नेपाली बजारमा

काठमाडौं । यामाहाले एम्टी बीए ०६ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीका अनुसार एम्टी बीएस ०६ मास्टर अफ पर्फेक्सनको परिणाम हो । छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, प्योर–ब्रेड हाइपर नेकेड, एमटी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यामाहाको एम्टी बाइकको प्रि–रिजर्भेसन गर्नेहरूका लागि यामाहा नेपालले अति नै खुसीको खबर ल्याएको छ । एम्टीका लागि ग्राहकको लामो प्रतिक्षा समाप्त भएको छ । ‘मास्टर अफ टोर्क’ तपाईंको घर नजिकको बाटोमा आइसकेका छन् ।’ यस नेकेड स्ट्रिट फाइटरको  कुनै पनि बाइकले प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीको दाबी छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यूले एम्टी बीएस ०६, २४ सेप्टेम्बर २०२१ मा भृकुटीमण्डपमा सार्वजनिक गरिएको थियो । उक्त बाइकका लागि ग्राहकको क्रेज बढ्दो रहेको कम्पनीले दाबी गरेको छ । उक्त दिन २०० एम्टी बीएस ०६ बिक्री तथा डेलिभरी गरिएको थियो । कम्पनीका अनुसार उन्नत प्रविधिको यस १५० सीसीको माग निरन्तर बढ्दो छ ।

यस मोटरसाइकलको माग बढ्दै जाँदा यसको उत्पादनमा गम्भीर समस्याको सामना गर्नु परेको कम्पनीले बताएको छ । यस मोडलको बाइक निर्माण गर्न आवश्यक पर्ने प्रमुख इलेक्ट्रोनिक चिप्सको अभाव हुँदा कम्पनीले समस्या झेल्नु परेको विज्ञप्तिमा उल्लेख छ । इलेक्ट्रोनिक चिप्सको अभाव भारतीय बजारमा मात्र नभएर यो विश्वव्यापी रुपमा यसको समस्या सामना गर्नु परेको कम्पनीको भनाइ छ । यामाहालाई ठूलो मात्रामा चिप्सहरू आवश्यक परेपनि त्यसको माग पूरा गर्न सक्ने अवस्था थिएन । तर पनि ती अवरोधहरू हाल आएर पार भइसकेको कम्पनीको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर