• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

क्रिमसन कलेजमा बुटवलमै पहिलो पटक ह्याकाथन कार्यक्रम सम्पन्न

बुटवल । २४ घण्टा सम्म लगातार कार्यस्थल मै रहेर विभिन्न विषय संग सम्बन्धित सफ्टवयेर, एप्स, वेभसाईट तथा रोबोटिक्स निर्माण गर्ने प्रतिष्प्रर्धात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस कलेजका ४८ जना बिधार्थीले रात दिन लगातार रुपमा काम गरी फरक फरक विधाका १२ वटा परियोजना हरु बिकास गरेका छन् । 

ह्याकाथन अन्तराष्ट्रिय स्तरमै प्रख्यात एक समन्वयात्मक तथा प्रतिष्प्रधात्मक प्रतियोगीता हो जसले बिधार्थीहरुमा रहेको नविनतम सोच सिप र दक्षतालाई उजागार गर्न  सहयोग गर्दछ । प्राविधीक विषयमा अध्ययन गरीरहेका विधार्थीहरुको बिचमा प्रतिष्प्रधात्मक क्षमताको बिकास गरी बजारमा माग रहेका विभिन्न बिषय दिएर २४ घण्टा सम्म क्याम्पसको प्राविधीक ल्याब हलमै बसेर बिर्धार्थीहरुले १२ वटा विषयमा परियोजना बिकास गरेको आईटी फ्याक्ल्टी कोडिनेटर अब्दुल हकले बताए ।  

मेन्टरको रुपमा रात दिन बिर्थार्थी संगै बसेर नवराज कोईराला सुरज पाण्डे  राजीब अर्याल र चिरन्जीबी रेग्मी सरहरुले पर्यटन, कृषी, होटल व्यवस्थापन, सेवा क्षेत्र  र अनलाईन भोटीङ लगायतका विषयमा बिधार्थीहरुले नविनतम परियोजनाहरु तयार पारेको बताए । 

क्रिमसन कलेजका बिर्थाथीहरुले स्थापना गरेको आईटी क्लबले आयोजना गरेको यस कार्य्रक्रममा प्रस्तुत भएका परियोजनाहरुको मुल्याकन गरी ३ वटा उत्कृष्ट परियोजनालाई पुरस्कृत गरीएको कार्यक्रमका मुल्यांकनकर्ता नारायण भुषालले बताए । 

उत्कृष्ट परियोजना बिकास गरेका विर्धार्थीहरुलाई लक्षित गरी तत्कालै व्यवसायीक योजना तयारी तालिम प्रदान गरेर विध्यार्थीहरु स्वरोजागार र नया स्टार्ट अपमा समेत उत्प्रेरित गरीने प्राध्यापक मुकुन्द ज्ञवालीले बताए ।
 
क्याम्पस प्रमुख देबी भण्डारी ले कलेजले यस्ता खालका विधार्थी लक्षित कार्यक्रमहरु नियमित हुने र बजारले खोजेका सिपहरु विधार्थीलाई प्रदान गर्दै जाने बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर