• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मौन अवधिमा एमालेको वितण्डा : सके पैसा बाँड्ने, नभए उम्मेदवारलाई कुटेर मर्‍यो भन्दै फालेर हिँड्ने !

एमालेका कार्यकर्ता विपक्षीमाथि गुन्डागर्दी शैलीमा आक्रमणमा उत्रिएको छ । धेरै ठाउँमा उम्मेदवारमाथि नै आक्रमण गरिरहेको छ । सर्लाहीको बलारा नगरपालिका ४ का कांग्रेसका वाडाध्यक्ष उम्मेदवार मणिभुसन सिंहमाथि पनि सांघातिक आक्रामण गरेको छ । गएराति एमालेका कार्यकर्ताले कुटपिट गर्दा सिंह सख्त घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ भने अनुहारमा पनि चोट लागेको छ ।

यस्तै एमालेका कार्यकर्ताको कुटाइबाट सिंहको हात पनि भाँचिएको छ । कांग्रेस नेता अमरेशकुमार सिंहले एमाले पराजित हुने देखेर गुन्डागर्दीमा उत्रिएको बताए । उनले भने,‘कांग्रेसका उम्मेदवार सिंहलाई एमालेका कार्यकर्ताले मरणासन्न हुनेगरी कुटपिट गरेर मर्‍यो भनेर फालेर हिँडेछन्, एमालेका कार्यकर्ता हिँडेपछि स्थानीय उद्दार गरी उपचार गराउन अस्पताल लगेछन्।’

यति मात्रै होइन एमालेका कार्यकर्ता अहिले ठाउँठाउँमा मतदातालाई लोभ्याउनका लागि कि त पैसा बाँड्ने कि त कुटपिट गर्दै हिँडिरेहका छन् । प्रहरीले महिला मतदाता रिजाउनका लागि बाँड्न ठिक्क पारेको एक बोरा साडी नै बरामत गरेको थियो भने पैसा बाँड्दै गरेको अवस्थामा सुर्खेत लगायतका थुप्रै ठाउँबाट पक्राउ गरिरहेको छ । यसका साथै एमालेका कार्यकर्ता समूह बनाएर हिँड्ने र विपक्षी उम्मेदवार भेट्ने वित्तिकै आक्रमण गर्ने गरिरहेका छन् । कञ्चनपुरमा पनि एमालेका कार्यकर्ताले आफन्तको घरमा बसिरहेका माओवादीका उम्मेदवारलाई आक्रमण गरेका थिए ।

मौन अबधिमा आचारसंहिता बिपरित काम गरेको भन्दै प्रदेश १ का एमाले सांसद पक्राउ परेका छन् । धनकुटा १(क)का सांसद इन्द्रमणि पराजुली पक्राउ परेका हुन् । प्रहरीका अनुसार निर्वाचन आचारसंहिता विपरित काम गरेकोले उनलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो । 

पैसा बाँड्दा रोक्दा आक्रमण

चुनावको संघारमा देशभर राजनीतिक दलहरुबीचको झडपको क्रम बढेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका– ३ रस्नालुमा माओवादी केन्द्रका उमेदवारमाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उमेदवारसहित तीनजना माओवादी कार्यकर्ता घाइते भएको छन् । घाइतेमध्ये वडाध्यक्षका उम्मेदवार यमबहादुर कार्कीको अवस्था गम्भीर रहेका छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रामा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गएति १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका घाइते उम्मेदवार कार्कीसहितका माओवादी कार्यकर्तामाथि मतदातालाई पैसा बाँढ्दै आएका एमाले कार्यकर्तालाई पैसा नबाढ्न आग्रह गर्दा आक्रमण गरेको माओदीका उपाध्यक्षका उमेद्वार विष्णु कार्कीले जानकारी दिए । निर्वाचन हार्ने निश्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उमेद्वार कार्की सहितका माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादीका गोकुलगंगा–उमाकुण्ड निर्वाचन इन्चार्ज सेवक कार्कीले जानकारी दिए । 
 
– सिन्धुपाल्चोकमा मौन अवधिमा अर्कै टोलमा पुगेर वितण्डा मच्चाउन खोज्ने एमालेका कार्यकर्तालाई माओवादीले नियन्त्रणमा लिएर छाडिदियो । सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका– ४ का एमालेका उम्मेदवार राजु श्रेष्ठका भाइसहित १५ जनाको टोलीलाई कुविण्डे–सिम्पानीका माओवादीले नियन्त्रणमा लिएर बुधबार साँझ छाडिदिएका हुन् । मोटरसाईकलमा बाँसपाटीबाट सिम्पानी पुगेका युवाहरु माओवादीका अध्यक्षका उम्मेदवार कुमार शर्मालाई खोज्दै पुगेका थिए । त्यसक्रममा दुईपक्षबीच भनाभन भएको थियो । युवाहरुको सो टोलीले पैसा माग्ने, धम्की दिने गरेपछि माओवादीका स्थानीय नेताकार्यकर्ताले केही समय नियन्त्रणमा लिएर जिल्ला प्रहरीलाईसमेत खबर गरि छाडिदिएको स्थानीयले बताए । १५ मोटरसाइकलमा आएका  एमाले कार्यकर्ताले बुधबार साँझ माओवादी केन्द्रका वडाध्यक्ष कुमार शर्मालाई हातपातको प्रयास गरेका थिए । शर्माको घरमै गएर हातपात गर्न खोज्दा दुई पक्षबीच सामान्य झडप भएको हो । 
 
– लमजुङमा मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिए । बेंसीसहर नगरपालिका–११ रामचोक बेंसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाइको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् । जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घटनाबारे बुझ्न प्रहरीलाई भनिएको छ ।

– पूर्व नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकताबीच झडप भएको थियो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले २० वैशाखको राति आक्रमण गरेका थिए । ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका थिए ।   एमालेका कार्यकर्ताले प्रहार गरेको खुकुरीबाट बैतडीमा माओवादी केन्द्रका उम्मेदवार घाइते भएका थिए। वडा सदस्यमा उम्मेदवारी दिएका ६० वर्षीय हरिराम साउदमाथि एमालेका कार्यकर्ताले गत २० वैशाखमा खुकुरी प्रहार गरेका थिए । उनीमाथि एमालेका कार्यकर्ताले राति साढे १० बजे खुकुरी प्रहार गरेका थिए ।

पैसा बाँड्दा एमाले वडाध्यक्ष उम्मेदवार पक्राउ

एमालेको सुर्खेतका उम्मेवार पैसा बाँडिरहेको अवस्थामा पक्राउ परे । मौन अवधिमा मतदातालाई लोभ्याउनका लागि पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका हुन् । गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका पदका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफू उम्मेदवार भएको वडाका मतदातालाई पैसा बाँडिरहेको सूचनाका आधारमा प्रहरीले राति नै छापा हानेर पक्राउ गरेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष र सदस्य नै नियन्त्रणमा

इलाममा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवारले पैसा बाँडेपछि स्थानीयले नियन्त्रणमा लिएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई मतदाता रिजाउनका लागि पैसा बाँढेको तथा मौन अवधिमा प्रचारप्रसामा लागेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनी वडानम्बर ५ को जमुनामामा पैसा बाँढ्दा स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । एमाले दुवै उम्मेदवारलाई स्थानीयले लखेटेपछि नजिकै रहेको सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर