गोकुल बाँस्कोटाको क्षेत्रमा एकीकृत समाजवादीका तामाङको अग्रता
काभ्रे । एमाले नेता गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवाले अग्रता लिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका भने बाँस्कोटोको क्षेत्र हो । ३ सय ५० मत गणना गर्दा एकीकृत समाजवादीका मेयरका उम्मेदवार टोकबहादुर तामाङले अग्रता लिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा एमालेका विदुरप्रसाद सापकोटा रहेका छन् । तामाङले १४५ पाउँदा एमालेका सापकोटाले १३८ मत पाएर पछ्याइरहेका छन् । गठबन्धन गर्दा यस नगरपालिकाको मेयर एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर कांग्रेसको भागमा परेको थियो । यस्तै, उपमेयरमा भने कांग्रेसका विष्णुमणि नेपाललाई एमालेकी सरिता ढकालले उछिनेकी छन् । नेपालले १२८ मत पाउँदा ढकालले १४५ मत पाएकी छन् ।
प्रतिकृया दिनुहोस