• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौंमा एक मत गन्न २० मिनेट !

काठमाडौं । काठमाडौं महानगरपालिको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ । 

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । 

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो । 

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार र्‍यापर बालेन साहले सुरुवाती अग्रता लिएका छन् । उनले अहिलेसम्म ७५ मत गन्दा २२ मत पाएका छन् । महानगरको १ र ३२ नम्बर वडाबाट मत गणना सुरु भएको हो । काठमाडौं महानगरमा भने त्रिपक्षीय चुनावी भिडन्त हुने देखिएको छ । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फमा कांग्रेसकी सृजना सिंहले भने १८ मत पाएकी छन । भने एमालेका केशव स्थापितले १३ मत पाएका छन् । महानगरमा ३२ वटा वडा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर