• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विवाहमा नक्कली सुनको झुम्का दिँदा प्रहरीमा उजुरी ! 

काठमाडौं । विवाहको दिन महिलाहरुको लागि गहनाले विशेष महत्व राख्ने गर्दछ । तर भारतको उत्तर प्रदेशको कानपुरमा दुहला पक्षले दुलहीको लागि नक्कली झुक्का लिएर जाँदा प्रहरीमा उजुरी परेको थियो । 

गत शुक्रबार कानपुरमा बस्ने सन्तोष यादनको छोरीको विवाह थियो । विवाह धुमधामसँग गरिएको थियो । साँझ जब दुलहीले दुलहाको घर जान मानिनन् तब कारण बाहिर आयो । 

खासमा दुलहाले लगेको गहनामा दुलहीको लागि बनाएको झुम्का नक्कली सुनको थियो । जसको कारण दुलहीले दुलहाको घरमा जान अस्वीकार गरिन् । उत्त, दिन विवाह मण्डपमा झगडा पनि पर्यो जसको कारण प्रहरी नै घरमा आए । 

प्रहरीले सम्झाउन खोज्दा दुलहीले उजुरी गरिन् । दुलहाले सबै गहना सक्कली नै भएको समय कम भएकोले झुम्का मात्र नक्कली भएको बताएपछि दुलहाको घर गएको भोलिपल्ट नै सक्कली झुम्का बनाइदिने सर्तमा उजुरी फिर्ता गराएर घर पठाएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर