• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने 

काठमाडौं । सरकराले सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ । विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सर्वाजनिक सेवालाई प्रभावकारी, सहज र सरल बनाइने सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर