• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मन्त्री अथकद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई  

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन् ।
 
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाण्डौंमा आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन् ।
 
नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले जानकारी दिएका छन् । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर