• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

चितवन ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर