• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विद्यार्थी नेता मनिषा आचार्यको ‘छोरी’ विमोचन

काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ ।

लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, संचारिका समुहको अध्यक्ष तथा साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् ।

विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कामय रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए ।

लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर