• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

किन खुवाइयाे त ३१ वर्षअघि खोटाङका सीडीओलाई घाँस

खोटाङ । तात्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौताअनुसार कर्मचारीलाई सेवा–सुविधा उपलब्ध नगराएकाे भन्दै २०४८ सालमा खोटाङे कर्मचारी आन्दोलित भए । कर्मचारीले विरोधस्वरूप जुलुस निकालेका थिए ।

जुलुसले दिक्तेल बजार परिक्रमापछि तात्कालिक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ सोझिँदै थियो । जुलुस प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षा तर्फ अगाडी बढे पछि प्रहरीले अन्धाधुन्ध गोली चलायाे । प्रहरीकाे गाेली लागी दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत  जुलुसमा सहभागी विद्यार्थी मनोज जोशी मारीए ।

दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले अन्धाधुन्ध गोली चलाए पछि जोशीलाई गोली लाग्यो र उनी ठाउँकाे ठाउँ ढले । उनको घटनास्थलमै निधन भएको थियाे । यो संवत् २०४८ साउन १५ गतेको कुरा हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा सहिद ‘मनोज हत्याकाण्ड’का रूपमा लिइएकाे प्रत्यक्षदर्शी सुमन श्रेष्ठ बताउँछन् । ३१ वर्षअघि उनको हत्या गरेको भन्दै जुलुसमा सहभागीले तात्कालिक प्रमुख जिल्ला अधिकारी सिलवालाई घाँस खुवाएका थिए ।

आफूलाई घाँस खुवाएको झ्वाँकमा प्रजिअले सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै कर्मचारीविरुद्ध सिकायत गरेपछि १३ जनाको जागिर समेत गएकाे थियाे । सामाजिक काममा क्रियाशील जाेशी  जिल्लाका कुशल खेलाडीका रूपमा समेत परिचित थिए । उनको वास्तविक नाम सर्मेन्द्र जोशी हो । नारायणप्रसाद जोशी र अम्बिका जोशीका कान्छो छोरा मनोज जोशीको जन्म संवत् ०३० असोज २३ गते दिक्तेल बजारमा भएको थियो ।

कर्मचारी आन्दोलनक्रममा हत्या गरिएका उनलाई सरकारले ०७४ माघ २२ गते सहिद घोषणा गरेको थियो । मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष साउन १५ गते ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर